प्रमुख समाचार

मन्त्री अधिकारीको स्मृतिमा नेकपा पर्वतद्धारा शोकसभा आयोजना

By लोकतन्त्र अनलाईन

March 02, 2019

पर्वत– हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका नेकपाका केन्द्रिय सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको स्मृतिमा नेकपा पर्वतले शोक सभा आयोजना गरेको छ । नेकपा गण्डकी प्रदेशको बैठकले प्रदेशका एघारवटै जिल्लामा भोली शोक सभा गनेए निर्णय गरे अनुसार पर्वतमा पनि आयोजना गरिएको नेकपा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार भोली विहान ११ बजे नेकपाको पार्टी कार्यालयमा शोकसभा आयोजना गरिएको हो । नेकपा पर्वतले पार्टीका सवै नेता तथा कार्यकर्ताहरुलाई उक्त श्रद्धाञ्जली सभामा सहभागि हुन पनि आग्रह गरेको छ । पार्टीले एउटा होनाहार युवा नेता तथा गण्डकी प्रदेशकै मेरुदण्डको रुपमा रहेका सपुतलाई गुमाएको भन्दै शोकमा सहभागी श्रद्धाञ्जली ब्यक्त गर्न सवैमा आव्हान गरिएको नेता सुवेदीले जानकारी दिनुभयो । गत बुधवार ताप्लेजुंगमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित सात जनाको ज्यान गएको थियो । अधिकारीको हिजो पोखरामा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेकपा पर्वतले बिहीवारदेखिनै पार्टी कार्यालयमा शोक पुस्तिका समेत राखेको छ ।