पोखरामा नेविसंघले सरकारी गाडी जलायो,५ पक्राउ

By लोकतन्त्र अनलाईन

February 02, 2019

पोखरा, माघ १९ । पोखरामा नेविसंघले सरकारी गाडी जलाएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान नेविसंघले शनिवार बिहान जलाईएको हो । पोखरा महानगरको शिक्षा शाखाले प्रयोग गर्दै आएको गाडि मासबार स्थित घरेलु कार्यालय अगाडी गाडी जलाईएको हो । प्रहरीले गाडी जलाएको आरोपमा ५ जना नेविसंघ सम्बद्ध विद्यार्थी नेतालाई पक्राउ गरेको छ । नेविसंघ कास्कीका पूर्व सभापति लक्ष्मी पौडेल, नेता परशुराम बस्नेत, पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेता डिफान भुजेल र ला(ग्राण्डी कलेजका नेविसंघ सभापति बिनय पौडेल पक्राउ परेका हुन् । आज सरकारी गाडी चल्न नदिने नेविसंघको निर्णय भएको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए ।