प्रमुख समाचार

काङ्ग्रेस संसदीय दलको कार्यसमितिमा चार सदस्य मनोनीत, (हेर्नुहोस् को को परे)

By लोकतन्त्र अनलाईन

January 02, 2019

काठमाडौँ, : नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गर्नुभएको छ । नेपाली काङ्ग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले काङ्ग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उपधारा २ (ग) बमोजिम उमेश श्रेष्ठ (ललितपुर), डा डिला सङ्ग्रौला पन्त (मोरङ), देवप्रसाद तिमिल्सिना (रौतहट) र पार्वता डिसी चौधरी (दाङ) लाई काङ्ग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनीत गर्नुभएको हो ।