पत्र-पत्रिका

अब मुद्दामा घरबाटै बहस !

By लोकतन्त्र अनलाईन

September 02, 2019

काठमाडौं : सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सकन्े व्यवस्था मिलाउने भएको छ। कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। सर्वोच्चमा आइतबार ३५१ मुद्दाको सुनुवाइ गर्ने तय भएको थियो। तीमध्ये ४० वटा स्थगन भएका छन्। कानुन व्यवसायीले कतिपय मुद्दामा यसअघि पनि यस्तै गर्थे। उनीहरुले यसमा ‘काबुबाहिरको परिस्थिति’ दर्शाउने गरेका छन्।