प्रमुख समाचार

हावाहुरीमा ज्यान गुमाउनेका परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ दिने

By लोकतन्त्र अनलाईन

April 01, 2019

काठमाण्डौ – प्रदेश २ को मन्त्रिपरिषद बैठकले हावाहुरीमा ज्यान गुमाउनेका परिवारलाई ३ लाखका दरले राहत दिने निर्णय गरेको छ ।सोमबार बिहान बसेको मन्त्रिपरषदको आकिस्मक बैठकले ज्यान गुमाउनेका परिवारलाई राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । घाइतेको उद्धार उपचारलगायतका काममा कर्मचारी खटाउने निर्णय गरेको हो । आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति पुगेपछि प्रदेश नम्बर २ सरकारको मन्त्रिपरिषद बैठक बसेको हो । सोमबार उज्यालो हुनेबित्तिकै उद्दारको काम तीव्र रुपमा भैरहेको छ । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् ।