प्रमुख समाचार

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना देखि गाउँपालिकाका प्रशासकिय अधिकृतसम्म सदरमुकाम कुश्मामा, आज पर्वतको समग्र समिक्षा हुँदै

By लोकतन्त्र अनलाईन

February 01, 2019

पर्वत–जिल्ला समन्वय समिति पर्वतको आयोजनामा बार्षिक समिक्षा कार्यक्रम आज सम्पन्न हुने भएको छ । जिल्ला समन्वय समिति र जिल्लाका सातवटै स्थानीय तहहरुका गतिविधि र कार्यक्रमहरुको बारेमा समिक्षा गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रतिनिधि सभाका सांसदद्धय पदम गिरी र लालकाजी गुरुङ लगायत प्रदेशका सांसदहरुको सहभागिता हुने भएको छ । त्यसैगरी प्रदेशका अन्य सांसदहरु, स्थानीय तहहरुका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, कार्यालय प्रमुखहरु, नागरिक समाज, पत्रकार र अन्य सरोकारवालाहरुको सहभागिता हुने भएको छ । संघीयता कार्यान्वयन पछि जिल्लामा सवै क्षेत्रको उपस्थितिमा हुन लागेको यो पहिलो समिक्षा हो । कार्यक्रम आज विहान ११ बजेपछि शुरु हुने र कार्यक्रमको सवै तयारी पुरा भएको जिल्ला समन्वय समितिका प्रमुख मनोहबी पौडेलले जानकारी दिनुभयो । उहाँले जिल्लाभरीको समग्र समिक्षा गरेर आगामी दिनमा नयाँ र एकीकृत ढंगले अघि बढ्ने बातावरण तय गरिने संयोजक पौडेलले बताउनुभयो ।