पत्र-पत्रिका

वाइड बडी खरिदमा चार अर्ब घोटाला

By लोकतन्त्र अनलाईन

January 01, 2019

काठमाडौँ – संसदीय उपसमितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

वाइड बडी विमान खरिद सम्बन्धमा छानबिन गर्न बनेको संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले जहाज खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको हो ।