प्रमुख समाचार

पर्वतको जलजला स्थित कालीगण्डकी किनारमा म्याग्दीकी बृद्ध महिलाको शब फेला

By लोकतन्त्र अनलाईन

September 01, 2019

पर्वत– पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङ्ग स्थित मिलनचोक नजिकै कालीगण्डकी किनारमा एक बृद्ध महिलाको शव फेला परेको छ । म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं. ७ धारापानी स्थायी घर भई हाल म्याग्दीको मालिका गाउँपालिका वडा नं. ५ बस्ने ७० वर्षीया दिलमती रानाको शव बेवारिसे अवस्थामा भेटिएको हो । कालीगण्डकी किनारमा वेवारिसे अवस्थामा भेटिएको शब आफन्तहरु सम्पर्कमा आएपछि पहिचान भएको हो । उक्त शब पोष्टमार्टमका लागि अहिले जिल्ला अस्ताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझिले जानकराी दिए । भदौ १० गतेदेखि घरबाट सम्पर्क विहीन बनेकी बृद्धको मृत्युको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।