3fOt]nfO{ PDa'n]G;df /fv]/ c:ktfn n}hfFb} bfªsf] t'n;Lk'/–;Nofg ;8s v08cGtu{t t'n;Lk'/– # /fd|Ldf sl/a ;ft;o ld6/ tn v:bf 3fOt] ePsf ofq'nfO{ PDa'n]G;df /fv]/ c:ktfn nluFb} . b'3{6gfdf !& hgf ofq'sf] d[To' ePsf] 5 eg] !) hgf 3fOt] ePsf 5g . t:jL/ M bLks af]x/f, ndxL -bfª_, k|b]z g+=%, /f;;

प्रमुख समाचार

दाङ बस दुर्घटना: २२ जनाको मृत्यु, १५ घाईते (अपडेट सहित)

By लोकतन्त्र अनलाईन

December 22, 2018

दाङ- राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्।

सल्यान कपुरकोटको बनसपति उद्यान केन्द्र अवलोकन पछि फर्किएको दाङ घोराहीको कृष्णसेन इच्छुक स्मृति बहुप्राबिधिक शिक्षालयको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको भएको प्रदेश नं. ५ प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्ले जानकारी दिए।

मृत्यु हुनेहरुको सनाखत भने हुन सकेको छैन्। दुर्घटनामा परि १५ जना घाईते भएका छन्। घाईते मध्ये १५ जनाकै नेपालगंज रेफर गरिएको प्रहरीले बताएको छ। घाईते हुनेमा पाँच महिला र १० पुरुष रहेका छन्।

शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा बिद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

३७ जना यात्रु रहेको उक्त बस ६-७ सय मिटर तल खसेको हो । बसमा ३२ जना विद्यार्थी, ३ जना गाडिका कर्मचारी र २ जना शिक्षक रहेका थिए।

घटना पश्चात उद्दारका लागि प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका वडा नं. १, शसस्त्र प्रहरी, नेपाली सेना, तुलसीपुर उद्योग बाणिज्य संघलगायतको टोली खटिएको थियो।