प्रमुख समाचार

तेह्र वर्षिया बालिकालाई यस्तो गर्न लाग्दा पक्राउ परे पर्वतको चित्रेका यि युवा

By लोकतन्त्र अनलाईन

December 17, 2018

पर्वत– गाउँकै १३ बर्षिया बालिकालाई बलात्कार प्रयास गर्ने एक युवा पर्वत प्रहरीद्धारा पक्राउ परेका छन । पर्वतको मोदी गाउँपालिका वडा नं ८ चित्रेका २० बर्षिय राजेश नेपालीलाई बालिका बलात्कारको प्रयास गरेको कसुर अभियोगमा प्रहरीले पक्रेको हो । अभियुक्त नेपालीले १३ बर्षिया बालिकालाई मंसिर २६ गते ललाई फकाई गरी करणी प्रयास गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । आफन्तको घरमा जाँदै गरेकी बालिकालाई बाटोमा फकाई उनले करणी सम्वन्धी कसुर गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । नेपालीलाई शनिबार उनकै घरबाट पक्राउ गरिएको थियो । पक्राउ परेका नेपालीलाई पर्वत जिल्ला अदालतबाट यौन जन्य प्रकृतिका अपराध अन्तर्गत करणी सम्वन्धी कसुर मुद्धामा म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।