प्रमुख समाचार

अस्पतालको शैयामा छटपटाईरहेका पर्वतको ठूलीपोखरीका यि मृगौलापिडित युवालाई उपचारका लागि सहयोग गरौ

By लोकतन्त्र अनलाईन

December 17, 2018

पर्वत । दुबै मृगौला फेल भएपछि यहाँका एक युवक आफ्नो जीवन बचाईदिन आग्रह गरेका छन् ।कुश्मा नगरपालिका १२ ठूलीपोखरीका विष्णु परियारका दुबै मृगौला फेल भएपछि उनको उपचारमा आर्थिक संकट परेको हो ।घरको आर्थिक अवस्था कमजोर भएका कारण उनी रोजगारीको शिलशिलामा दुई वर्ष अगाडी मलेसिया पुगेका उनी दुवै मृगौलामा समस्या देखा परेपछि नेपाल फर्किएका थिए ।

घरका उनी जेठा छोरा हुन् । उनका एक छोरा र एक छोरी छन् । कमाउने मान्छेनै अहिले रोगले थला परेर अस्पतालमा भर्ना परेपछि उनको परिवारमा ठूलो संकट परेको छ ।

विगत २ महिनादेखि उनी अस्पतालमा उपचार गराइरहेका छन् । उनका बुवा डिलबहादुर दमाईले आफ्ना मृगौला दिएर छोरालाई बचाउँछु भन्दा पनि प्रत्यारोपणका लागि आवश्यक खर्च जुटाउन नसक्दा समस्या परेको दुखेसो गरे ।

डिलबहादुरले भने‘मेरै मृगौला दिएर छोरालाई बचाउँछु भन्दा पनि पैसाको अभाव भयो,आर्थिक अवस्था कमजोरका कारण छोराको उपचारमा समस्यामा देखियो,कसैले सहयोग गरेमा मेरो छोराले पुर्नजन्म पाउनेथियो।’

परियारलाई सहयोग गर्न चाहानले गण्डकी विकास बैंकको खाता नं ००७०१७०००२९४२१०००००१ मा रकम जम्मा गरेर आर्थिक सहयोग गर्न सक्नेछ । जीवन बचाउको लागि हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ । आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं ।