प्रमुख समाचार

मिनी ट्रक दुर्घटनामा १८ को मृत्यु, १६ घाइते [अपडेट]

By लोकतन्त्र अनलाईन

December 15, 2018

नुवाकोट — दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको स‌ंख्या १८ पुगेको छ । मृत्यु हुनेमा १५ पुरुष र ३ महिला छन् । मृत्यु हुनेमा घ्याङफेदीका रिबल तामाङ, आइते तामाङ र शिवरबेंसीका रितेश पण्डित भएको दुप्चेश्वर गाउँपालिका प्रमुख योविन्द्रसिं तामाङले जानकारी दिए । अन्यको सनाखत भइसकेको छैन । 

शुक्रबार साँझ सोही वडाको सिम्टाङबाट सिसिपु जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो। प्रहरीका अनुसार सिम्टाङमा घेवा (काजक्रिया) मा आएका स्थानीयवासी घर फर्किने क्रममा दुर्घटना परेको हो। घाइते ७ जना घाइतेलाई उपचारको लागि काठमाडौ पठाइएको छ भने ९ जनाको उद्धार हुँदैछ।

दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ज्ञानलाल यादवले जानकारी दिए।मृतकको सनाखत भएको छैन। उद्धारका लागि जिल्लाबाट प्रहरी टोली आइरहेको इलाका प्रहरी कार्यालय समुद्रटारका इञ्चार्जसमेत रहेका यादवले बताए।३९१३ नम्बरको ट्रक सडकबाट करिब एक हजार मिटर तल नदीमा खसेको छ। गाडी सिम्टाङबाट सिसिपु जाँदै गर्दा दुर्घनामा परेको हो।प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्तबहादुरले कान्तिपुरसित भने, ‘दुर्घटनामा व्यापक मानवीय क्षति भएको र अहिलेसम्म ४/५ जनाको शव भेटिइसकेको छ।’ शिखरबेंसीबाट सिसिकु जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो। स्थानीयका अनुसार ट्रकमा ४०/४५ सवार थिए।