रामचन्द्र भुसाल फलेवास – बागलुङको जैमिनि नगरपालिका एक कुश्मिसेरामा कफि तथा बेकरीका परिकार बनाउने तालिम सञ्चालन भएको छ । जैमिनि नगरपालिकाको आयोजना र धौलागिरी प्राविधिक शिक्षालय मुस्ताङ लेतेको साझेदारीमा तलिम सञ्चालन भएको हो । गत चैत्र २४ गतेदेखि सञ्चालन भएको तालिम ६५ दिनसम्म चलाइने जैमिनि नगरपालिकाका रोजगार संयोजक सुरेस पुनले जानकारी दिनुभएको छ । पुनका अनुसार जैमिनि नगरपालिकाले रोजगार प्रवर्दन कार्यक्रम अन्र्तगत अहिलेको समयपरिवेस अनुकुल युवायुवतिहरुको मागलाई मध्यनजर गर्दै यस्तो खाले तालिमको आयोजना गरेको बताईएको छ । ३९० कार्यघण्टा सञ्चालन हुने यस कार्यक्रममा सहभागी हुने प्रशिक्षार्थीहरुले निकै खुसीयालिका साथ सिकाइमा सक्रिय भुमिका निर्वाह गरेको प्रमुख प्रशासकिय अधिकृत श्री कृष्ण पोडेलको भनाई रहेको छ । उहाँले यस तालिममा राम्रो लेखपढ गरेका देखि सडक बालबालिकाहरुसम्म सहभागि भएको दावी गर्नुभयो । मानिसहरुको दैनिकिमा प्रयोग हुने कफि र बेकरीका विभिन्न परिकारहरुलाई व्यवस्थित तरिकाले कसरी बनाउने भन्नेतर्फ आफ्नो सिद्धन्त रहेकाले सिकारुहरुको मनसाय बुझेर तालिमलाई प्रभावकारी ढङ्गबाट अगाडी बढाएको प्रशिक्षक मोहित श्रेष्ठले ठहर गर्नुभयो । जैमिनि नगरपालिकाले आफ्नै स्थानीय बजार क्षेत्रमा आफुहरुलाई आवश्यक तालिम सञ्चालन गरेर सिप सिक्ने सुनौलो अवसर प्रदान गरेकोमा प्रशिक्षार्थीहरुले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रममा विभिन्न उमेर समुहका २५ जनाभन्दा धेरै व्यक्तिहरु आवद्ध भएको बताइएको छ ।