नेकपा संयोजक प्रचण्डले आज कुश्मामा जनसंवादलाई सम्वोधन गर्ने  - News site from Nepal
पर्वत– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज पर्वत आउनुहुने भएको छ । नेकपा पर्वतद्धारा आयोजित जनसंवाद तथा भेटघाट कार्यक्रमलाई सम्वोधन गर्न प्रचण्ड कुश्मा आउन लाग्नुभएको हो । आज दिउँसो ११ बजे सदरमुकाम कुश्माको होटल बन्दनामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको नेकपा पर्वतका संयोजक डा. उमाकान्त भुर्तेलले जानकारी दिनुभयो ।
आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गदैै उक्त कार्यक्रम राखिएको हो । प्रचण्डसँगै केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरुले पनि सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा पर्वतवाट आगामी निर्वाचनका लागि मनहरी शर्मा उम्मेदवार बन्नुभएको छ । शर्माको पक्षमा माहौल बढाउनका लागिनै प्रचण्डले सम्वोधन गर्न लागेको नेताहरुको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!