अर्जुन जोशीलाई विशेष महाधिवेशनमा सहभागि हुन जलजलाबासीले दिए दबाब  - News site from Nepal
पर्वत– नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीलाई यहि पुस २७ र २८ गते आव्हान गरिएको विशेष महाधिवेशनमा सहभागि हुन पर्वतको जलजला गाउँपालिकाका काँग्रेसी नेताहरुले दबाब दिएका छन् ।
महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले आव्हान गरेको विशेष महाधिवेशनमा सहभागि भई काँग्रेसलाई पुर्नजीवन दिन आग्रह गरेका हुन् । संस्थापन पक्षधर मानिने नेता जोशी विशेष महाधिवेशनमा सहभागि नहुने चर्चा चलेपछि जलजलाबासी काँग्रेसहरुले ज्ञापन पत्रनै बनाएका हुन् । विशेष महाधिवेशनमा सहभागि हुनका लागि पछिल्लो समय महाधिवेशन प्रतिनिधिहरुलाई चौतर्फि दबाब सिर्जना भएको छ ।
नेपाली काँग्रेस पर्वतले समेत विज्ञप्ती जारी गर्दै सवै महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागि हुन आव्हान गर्ने तयारी गरेको छ भने यस अघि ४० वर्ष मुनिका काँग्रेसी युवाहरुको भेला बसेर दबाब समेत सिर्जना गरेका छन् । पर्वतवाट २७ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । उनिहरुमध्ये अधिकांस काठमाण्डौँ हिड्ने तयारीमा रहेका छन् ।
यसैबीच काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले आफु परिवर्तनको पक्षमै रहेको बताउनुभयो । उहाँले आफुपनि संस्थापक पक्षका नेताहरुसँग आवश्यक सल्लाह गरेर विशेष महाधिवेशनमा सहभागि हुने निष्कर्षमा पुग्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!