पर्वतमा दुई लाख २२ हजार पुरस्कार राशीको भलिबल प्रतियोगिता शुरु - News site from Nepal

पर्वत, १४ पुस : पर्वतमा सवैभन्दा ठुलो राशीको गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा रहेका अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।

सदरमुकाम कुश्माबजारमा जारी आठौँ पर्वत महोत्सवको अवसरमा रु. दुई लाख २२ हजार दुई सय २२ रुपैया राशीको भलिबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको पहिलो खेल अन्तर्गत कुश्मा नगरपालिका र बागलुङ नगरपालिकाबीचको खेल सम्पन्न भएको छ ।

प्रतियोगितामा कुश्मा नगरपालिकाले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेका छ । अन्य खेलहरु भोलीदेखि संचालन हुने भएका छन् । पहिलो सेट २६–२४, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२३ को सोझो सेटमा हराउँदै कुश्मा बिजयी भएको हो ।

बेस्ट अफ फाईप लिगकम नकआउट चरण मा खेलईने उक्त खेलमा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार रु दुई लाख २२ हजार २२२ सिल्ड मेडल र प्रमाणपत्र, दोश्रो हुनेलाई रु. एक लाख ११ हजार १११, तृतीय हुने लाई नगद रु. ५५ हजार ५५५रुपैया, शिल्ड मेडल र प्रमाणपत्र तथा र सान्त्वना टिमलाई पनि रु. २२ हजार २२२ पुरस्कार प्रदान गरिने भएको छ ।

साथै उत्कृस्ट विधाहरु पनि रहेको महोत्सवका खेलकुद संयोजक प्रदिप तिमिल्सिनाले जानकारी दिनुभयो । गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित आठौ पर्वत महोत्सव गत बुधवारदेखि शुरु भएको हो ।

भलिबल खेलको उद्घाटन कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले रेफ्रीलाई बल हस्तान्तरण गरेर गर्नु भएको थियो । महोत्सव पुस १९ गतेसम्म संचालन गरिने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!