अर्जुन सापकोटाले कुश्मामा मेटाए झलिको  - News site from Nepal
अर्जुन सापकोटाले कुश्मामा मेटाए झलिको 
पर्वत– बिहीवार झमक्क साँझ छिप्पिदै थियो । पर्वत सदरमुकाम कुश्मामा आयोजित आठौ पर्वत महोत्सवमा दिउँसैदेखि पखाईमा राखिएको थियो कि आज कलाकार अर्जुन सापकोटा आउँदैछन् ।
दिनभरीको प्रतिक्षा पछि जब साँझ ६ बजेर ४० मिनेट गयो, अनि कलाकार तथा कार्यक्रम संचालक कृष्ण अखेलीले उद्घोष गरेर बोलाए उदियमान कलाकार उनै अर्जुन सापकोटालाई । दिउँसैदेखि सापकोटाको पछिल्लो चर्चित गीत झलिको, तिम्रो याद, अलिको हिमाल भन्दा नि भन्ने ट्राक बजिराखेकै थियो ।
सापकोटा जब स्टेज चढे अनि शुरु गरे झलिको ! उनि आफुमात्र गाएनन्, आफ्‌ना एक एक प्रस्तुती सँगसँगै दर्शकलाई समेत गाउँन लाए ।
जव उनले झलिको गीत प्रस्तुत गरेर अनि शुरु भयो वान्स मोर, वान्स मोर । अनि उनले दर्शकको आवाजसँगै शुरु गरे झलिको, झलिको प्रस्तुत गर्दा महोत्सवको माहौल निकै तातेको देखिन्थ्यो
अनि उनले शुरु गरे बस्यौ अलक्कै, दुख साटम्ला,हाबा चिसो चिसो, बनकी चरी, पानी परेको, बम्मै लाने रेलैमा लगायतका झण्डै एक दर्जन गीत प्रस्तुत गरे । उनले आफ्‌ना प्रस्तुती मात्र राखेनन् बाद्यबाधन मार्फन भजन समेत गाएर दर्शकलाई छमछमी नचाए ।
पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल सापकोटा पर्वत आउने खबर पाएसँगै महोत्सवमा खचाखच दर्शक सहभागि भएका थिए । पर्वत उद्योग बाणिज्य संघले समग्र गण्डकी प्रदेशको उद्योग तथा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि आयोजना गरेको दोस्रो दिन सापकोटा पर्वत आएका हुन् ।
उनि पर्वतका मेला महोत्सवमा पहिलोपटक आएका हुन् । गीत गाउँदै गर्दा उनले भने पर्वत जिल्ला निकै आकर्षक, पर्यटकीय हिसावले महत्वपुर्ण र आउनैपर्ने धोको पुरा भएको बताए । शुरुदेखि अन्तिमसम्म दर्शकको उत्तिकै साथ पाएका सापकोटाले भने, अबसर पाएमा पर्वतलाई मैले छुटाउने छैन ।
  उनिसँगै दोस्रो दिन जालुमाया गुरुङ, बसन्त बास्तोला, कमल गैरे लगायतको प्रस्तुती रहेको थियो ।
महोत्सवमा दोस्रो दिनदेखि खुल्ला लोक दोहोरी गीत प्रतियोगिता समेत शुरु भएको छ ।  त्यसैगरी टिकटक च्यालेन्ज प्रतियोगिता, रत्यौली र भजन प्रतियोगिता पनि शुरु भएका छन् । गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिता पौष १४ गतेदेखि शुरु हुने भएको छ । महोत्सवको तेस्रो दिन आज गायिका अस्मिता अधिकारी, चर्चित गायक बद्री पंगिनी, इन्द्रा गुरुङ, शिवहरी ढुंगाना र युवराज भुसाल लगायतको प्र्रतुुती रहेको छ ।
पौष १९ गतेसम्म संचालन हुने महोत्सवका कारण पर्वत सदरमुकाम कुश्माबजारमा चहलपहल समेत बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!