पर्वत– ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय कुश्माको आयोजनामा विशाल रक्तदान अधियान अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाको प्राविधिक सहयोगमा गरिएको रक्तदानमा ३८ जनाले रक्तदान गरेका छन् । सुरक्षकर्मी, उद्यमी, व्यावसायी तथा सर्वसाधारणले रक्तदान गरेका हुन् ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेले रक्तदान जीवन दान बराबर भएकोले सवैलाई रक्तदानमा सरिक हुन आग्रह गर्नुभयो । उहाँले रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्नेतर्फ सवै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयले समाजमा ज्ञान र अनुशासनका साथै सकारत्मक सोच अभिबृद्धिका लागि गर्दै आएको कामको समेत प्रसंसा गर्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्वतका अध्यक्ष रुद्र रिमालले गर्नुभएको थियो । ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय धौलागिरिकी सञ्चालितका सावित्री दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कुश्माकी संचालिका राधिका र संचालन फलेवासकी सञ्चालिका ब्रम्हकुमारी जानकी पौडेलले गर्नुभएको थियो ।






