पर्वतको देविस्थानमा दोश्रो बृहत् तीज मेला सम्पन्न, तीज गीतमा विहानी आमा समुह प्रथम - News site from Nepal

पर्वत– महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थानमा आयोजित दुई दिने बृहत ती मेला भव्य रुपमा सम्पन्न भएको छ ।
नव प्रतिभा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शुक्रवार र शनिवार गरी दुई दिनसम्म संचालित मेलामा विभिन्न चारवटा विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् ।
मेलामा आयोजित खुल्ला तीज गित प्रतियोगितामा शुभ विहानी आमा समुहले प्रथम स्थान हात पारेको छ । प्रथम भएको शुभ विहानी आमा समुहले नगद १५ हजार र प्रमाण पत्र प्राप्त गरेको छ भने दोस्रो ज्योती आमा समुह र तेस्रो संघर्षशील दलित महिला समुहले हात पारेको छ । द्धितिय र तृतिय हुनेले क्रमश नगद १० हजार र पाँच हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
तीज गीत प्रतियोगिताको प्रायोजक भुषण श्रेष्ठ र कपिल श्रेष्ठले अष्ट्रेलीयाबाट सौजन्य गर्नुभएको आयोजकले जनाएको छ ।
यसैगरी विद्यालय स्तरीय एक नृत्य प्रतियोगितामा जता माविकी जया खातुन प्रथम, सोहि विद्यालयकी सपना राना द्धितिय, फलेवास मोडेल बोर्डिङ्ग स्कुलकी एन्जल परियारले तृतिय तथा भवानी विद्यापिठ माबीकी स्नेहा परियारले सान्त्वना स्थान हात पारेका छन् । एकल नृत्य प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमश नगद रु ५ हजार, ३ हजार, २ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।


त्यसैगरी म्यूजिकल चियर प्रतियोगितामा मुना श्रेष्ठ गुरुङ प्रथम, लिला श्रेष्ठ द्धितिय, इश्वरी श्रेष्ठ तृतिय र प्रेम कला शर्माले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । म्यूजिकल चियर प्रतियोगिताको पुरस्कार विनिसा इलोक्टोनीक्स एण्ड मोवाईल पसल फलेवासले सौजन्य गरेको थियो ।
यस्तै महिला समुहहरुबीच भएको रस्साकस्सी प्रतियोगितामामा शुभविहानी आमा समुहले प्रथम स्थान हासील गरेको छ । दोस्रो कालीका आमा समुह भएको थियो । उनिहरुले क्रमश पाँच हजार, र तीन हजार नगद सहित प्रमाण पत्र र आकर्षक गिफट ह्यापर प्राप्त गरेका छन् ।


कार्यक्रमलाई सम्वोधन गर्दैै फलेवास नगरपालिकाका संस्थापक नगरप्रमुख तथा एमाले नेता पदमपाणी शर्माले फलेवासको विकासका लागि आफु कुनै पदमा नरहँदा पनि निरन्तर खटिरहेको बताउनुभयो । समृद्ध फलेवास निर्माणका लागि आफु नगरप्रमुख भएको बेला बनाएको गुरुयोजनाको सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरु आफ्‌ना हक अधिकार सुनिश्चित गर्नका लागि एकजुट हुनुपर्ने बताउँदै महिलाहरुको शशक्तिकरण गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा देविस्थानका वडा अध्यक्ष नविन कुमार श्रेष्ठ, पुर्व वडा अध्यक्ष भोलानाथ भुसाल, समाजसेवी राम पौडेल, भरत श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा कलाकारहरू सरोज साजन श्रेष्ठ, कृष्ण अखेली, ममता तामाङ, सुदिप क्षेत्री, कमला गैरे, शिव पौडेल, सुरजकुमार श्रेष्ठ, प्रमोद भुसाल र कृष्ण कँडेल लगायतले सांगीतिक प्रस्तुति राख्नुभएको थियो ।
नव प्रतिभा महिला विकास बचत तथा ऋण सहकारी संस्थाले फलेवास् नगरपालिका र देविस्थान भरीको एक एक जना जेष्ठ आमालाई विशेष सम्मान गरेको कार्यक्रम संयोजक सृजना बरालले जानकारी दिनुभयो । महिलाहरुको प्रतिभा प्रस्फुटनको लागी कार्यक्रम फलदायी बनेको उहाँको भनाई छ ।
नव प्रतिभा महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निर्मला भुसाल काफ्‌लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब सिर्जना बरालले गर्नुभएको थियो । यो संस्थामा ६ सय जना महिला सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!