
पर्वत – पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।
भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका भूकम्पविद भरत कोइरालाले जानकारी दिए । भुकम्प गएपनि क्षतिको विवरण नआएको लेसपारका स्थानीय नरर्सिंह पुनले जानकारी दिनुभयो ।