मालढुंगाका श्रमिक परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण - News site from Nepal

पर्वत– ४६ओैं सामाजिक सेवा दिवस २०८२ को अवसरमा सोडेक नेपाल र गुडनेईवर्स ईन्टरनेसनल नेपालको आर्थिक सहयोग र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संजाल पर्वतको आयोजना कुश्मा नगरपालिका १ मालढुङ्गामा रहेको श्रमिक प्राथमिक विद्यालयका २० जना वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कार्यक्रममा २० जना विद्यार्थीहरुलाई कपि,पेन्सिल,कटर ईरेजर, सावुन कोलगेट र व्रस वितरण गरिएको थियो भने विद्यालयलाई वर्णमाला चार्ट ८ थान वितरण गरिएको थियो ।
प्रधानध्यापक राधिका पौडेलले सो विद्यालयमा नितान्त विहान वेलुका काम गरेर छाक टार्ने अभिभावकका वालवालिका रहेको र केहि अभिभावक विहिन वालवालिका समेत रहेको र हाल विद्यालयमा ईसिडि कक्षा देखि ३ सम्ममा २२ जना विद्यार्थी रहेको र इसिडी सहित जम्मा २ जना शिक्षकहरुले अध्यापन गराई रहेको वताउनु भयो ।
यस्तो विद्यालयमा सामाजिक सेवा भावले सहयोग गर्नु भएकोमा आयोजक प्रति धन्यवाद समेत व्यक्त गर्नु भयो ।कार्यक्रममा गैसस महासंघ नेपाल जिल्ला शाखाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, नागरिक समाज संजालका संयोजक माया अधिकारि, सोडेक नेपालका अध्यक्ष देवि प्रसाद तिमिल्सिना, गुडनेईवर्स ईन्टरनेशनल नेपालका जिल्ला संयोजक रन्जित चौधरि, सोडेक नेपालका महासचिव टंक भुसाल, गैसस महासंघका कोषाध्यक्ष फुलमाया सापकोटा लगायतको उपस्थितिमा कार्यक्रम संचालन शाखाका सचिव वलिनारायण रेग्मिले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!