पर्वतको बनौमा चट्याङ लागेर एक युवा घाईते - News site from Nepal
पर्वतको बनौमा चट्याङ लागेर एक युवा घाईते

पर्वत, ४ साउन :  गएरातीदेखि लगातार वर्षासँगै परेको चट्याङ लागेर पर्वतको जलजला गाउँपालिका एक युवा घाईते हुनुभएको छ ।

जलजला गाउँपालिका वडा नं. ९ बनौका २५ वर्षीय नवीन पुर्जा घाइते हुनुभएको हो । गएराती २ बजेको समयमा चट्याङ लागेर घाइते भएका पुर्जालाई उपचारका लागि प्रदेश अस्पताल कुश्मामा ल्याईएकोमा अवस्था जटिल भएपछि सामान्य उपचार गरेर थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेले जानकारी दिनुभयो ।

सुतिरहेको अवस्थामा चट्याङ परेर घाईते भएका पुर्जाको शरिरका विभिन्न भागमा चोट लागेको छ । चट्याङका कारण बनौका विभिन्न घरमा विद्युतीय उपकरण तथा अन्य भौतीक क्षति समेत पुगेको जलजला गाउँपालिका वडा नं. ९ बनौका वडा अध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!