
पर्वत ४ माघ : पर्वतको जलजला गाउँपालिका–३,मल्लाजको भुर्तुलामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
पर्वतबेनीबाट मल्लाजतर्फ जादैं गरेको ग ५ प ४५५६ नम्वरको मोटरसाईकलमा सवार जलजला–२,का २५ बर्षिय मनिष परियारको उपचारको क्रममा म्याग्दीको बेनी अस्पतालमा मृत्यु भएको हो ।
बिहिबार राती साढे एक बजे दुर्घटना भई घाईते परियारको बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक रबिन विष्टले जानकारी दिनुभयो । मृतकको शव बेनी अस्पतालमा राखिएको र पोष्टमार्टपछि परिवारको जिम्मा लगाइने छ ।
घटनास्थलमा थप अनुसन्धानका लागि प्रहरी निरिक्षक निरबहादुर बानियाँको नेतृत्वमा टोली खटिएको छ ।