
रामचन्द्र भुसाल, फलेवास ।
पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा विद्यालय आयूर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन भएको छ । शंकरपोखरी आयूर्वेद औषधालय र फलेवास नगरपालिकाको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो ।
यहि जेठ २६ देखी सञ्चालन भएको कार्यक्रम अषाढ ३ गतेसम्म चल्ने शंकरपोखरी आयूर्वेद औषधालयका वैद्य तथा कार्यक्रम संयोजक मदन कुमार श्रेष्ठले बताउनुभएको छ । १० दिसम्म चल्ने योग अभ्यास कार्यक्रममा मोदी गाउँपालिकाका कविराज निरीक्षक प्रकाशचन्द्र सुवेदीले प्रशिक्षण गर्दै आउनुभएको छ ।
विद्यालय स्तरमा आयूर्वेदको पहँुच पु¥याउने र योग ध्यानको महत्वलाई उजागर गर्ने मुख्य उश्द्धेश्यका साथ कार्यक्रम सञ्चालन गरीएको आयोजकको भनाई रहेको छ । कार्यक्रममा फलेवास नगरपालिका भित्रका माध्यमिक तह स्तरका विद्यालयहरुमा शिक्षण गर्ने १५ जना शिक्षकहरुलाई समावेस गरीएको बताइएको छ । स
हभागि शिक्षक तथा प्रशिक्षार्थीहरुले योग र ध्यानले मानिसको शारीरिक, मानसिक र संवेगात्मक सवै पक्षलाई सवल बनाउन मद्धत पूग्ने बताउँदै कार्यक्रमको उच्च प्रशंसा गर्दै खुःसी व्यक्त गर्नुभएको छ ।
कार्यक्रम खानीगाउँको भवानी विद्यापीठ माध्यमिक विद्यालय परीसरमा सञ्चालन भईरहेको विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मिले जानकारी दिनुभएको छ ।