प्रमुख समाचार

पर्वत उवासंघमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

By लोकतन्त्र अनलाईन

April 14, 2025

पर्वत– नयाँ वर्ष २०८२ सालको अवसरमा पर्वत उद्योग बाणिज्य संघका आयोजनामा शुभकामना आदानप्रदान सम्पन्न भएको छ । कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै सहभागिहरुले वर्षमात्रै फेरिनु नौलो कुरा नभई हरेक क्षेत्रमा परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् । नागरिकका आशा र अपेक्षाहरु बढ्दै गएपनि मुलुकको अबस्था नफेरिएको भन्दै उनिहरुले विगतका राम्रा कामलाई निरन्तरता र नयाँ नराम्रा कामहरुवाट पाठ सिक्दै अघि बढ्नुपर्ने बताएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेले उद्योग बाणिज्य संघ मुलुकको आर्थिक समृद्धिको मेरुदण्ड रहेको बताउँदै खस्किदो आर्थिक अवस्थालाई मजबुत बनाउनका लागि सरकार र नीजि क्षेत्रबीचको समन्वय र सहकार्य बढाउँदै लैजानुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल एमाले पर्वतका अध्यक्ष गोबिन्द पहाडी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक रविन विष्ट, उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष केदारनाथ शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरवि पौडेलको अध्यक्षता तथा स्वागतमा सम्पन्न कार्यक्रमको संचालन कार्यालय सचिब टंकप्रसाद शर्मा र धन्यवाद मन्तब्य बरिष्ठ उपाध्यक्ष कमल जिसीले राख्नुभएको थियो ।