
पर्वत : गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले सामुदायिक वन उपभोगमा सहजता बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ पर्वतको छैटौ जिल्ला परिषदलाई आइतवार कुश्मामा सम्बोधन गर्दै मन्त्री बस्यालले नेपालको बनजंगल संरक्षणमा उपभोक्ताहरुको ठुलो योगदान रहेको भएपनि उपभोगमा समस्या रहेको बताउनुभयो । सामुदायिक, सरकारी वा निजि बनवाट आवशयक काठ उपभोग गर्नका लागि थुप्रै झण्झटिलो प्रकृया रहेको भन्दै मन्त्री बस्यालले बन ऐन र कानूनमा संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
वन नेपालको अमुल्य सम्पत्ति हो भन्दै मन्त्री बस्यालले यसलाई सर्वसुलभ बनाउँदै वन क्षेत्रको विस्तारमा पनि लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन क्षेत्रको विकास,विस्तार र उपभोगमा सरकार उदासिन बनेको बताउनुभयो । उहाँले परानो ऐन नियमका कारण अहिलेपनि सामुदायिक वनका उपभोक्ताहरु मरमा परिरहेको बताउँदै संरक्षणसँगै यसको उपभोगमा पनि सरकारले लचिलो निति ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, फोकोफोनका केन्द्रीय सदस्य खुमप्रसाद सुवेदी, फेकोफोन गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदी, डिभिजन वन कार्यालयका वन अधिकृत रामबहादुर विक, फेकोफोनका पुर्व अध्यक्ष किशोर सापकोटा,खेमनाथ शर्मा, कास्की जिल्ला अध्यक्ष विश्वनाथ शर्मा, जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण सापकोटा, लिला दवाडी, देविबहादुर कार्की, सरिता कुमाल लगायतले बोल्नुभएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष जीवन उच्चै ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कुश्मा नगर समितिका अध्यक्ष कुमार सुवेदी र संचालन सचिब मिठु शर्माले गर्नुभएको थियो । परिषदमा सामुदायिक वनका विभिन्न विषयबस्तु र कृयाकलापवारे छलफल समेत गरिएको थियो । सो अवसरमा फेकोफोन पर्वतका पुर्व अध्यक्षहरु खेमनाथ शर्मा, किशोर सापकोटा र कविता विकलाई सम्मान समेत गरिएको थियो ।