रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडद्धारा मृत्यु दावी रकम भुक्तानी - News site from Nepal

पर्वतः रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले मृतक कर्मचारीको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ ।
कम्पनीको पर्वत शाखामा कार्यरत कर्मचारी स्वर्गिय दामोदर गौतमको परिवारलाई रु. ४८ लाख ६९ हजार ७०६ रुपैया भुक्तानी गरेको हो । गौतमको गत चैत १५ गते मोटरसाईकल दुर्घटनामा परी ज्यान गएको थियो । कम्पनीको पर्वत शाखाका प्रमुख समेत रहनुभएका गौतमलौ आफै चढेको मोटरसाईकल पल्टिएर अठ्याउँदा ज्यान गएको थियो ।
उक्त रकम मृतककी श्रीमती कमला देवी शर्मा गौतमलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा नेपाल विमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भुप्रसाद मिश्रले उक्त चेक हस्तान्तरण गर्नुभएको हो । सो अवसरम बोल्दै उहाँले मानिसको जीवन अनिश्चित रहेकाले जनधनको सुरक्षाका लागि बिमा अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफु वा परिवारको सुरक्षाका लागि जीवन बिमाको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका डिपार्टमेन्ट प्रमुख दिपेशबाबु तिवारी , पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, धौलागिरि शाखाका प्रमुख देवेन्द्र घिमीरे लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!