पर्वत उद्योग बाणिज्य संघ नेपालमै उत्कृष्ट, महासंघद्धारा सम्मानित - News site from Nepal

पर्वत– पर्वत उद्योग बाणिज्य संघ नेपालमै उत्कृष्ट बनेको छ । नेपालका ख बर्गका जिल्ला/नगर उद्योग बाणिज्य संघहरु मध्ये पर्वत उत्कृष्ट बनेको हो । संघले उद्योग, व्यापार, व्यावसायको विकास तथा प्रवद्र्धनमा उत्कृष्ट काम गर्दै आएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को अवसरमा सम्मानित भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुर वि पौडेललाई सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो । पर्वत जस्तो सानो जिल्लामा रहेर पनि निजि क्षेत्रको अब्बल संस्थाको रुपमा स्थापित भएको भन्दै सम्मान गरिएको महासंघले जनाएको छ ।
पर्वत उद्योग बाणिज्य संघले जिल्लाको उद्योग, व्यापार, व्यावसायका अलावा विकास निर्माणका काममा समेत साभेदारी गर्दै आएको छ । निजि क्षेत्रद्धारा प्रवद्र्धित कुश्मा–बलेवा यान्त्रिक पुल, अग्ला र लामा पुल, सडक, तरकारी बजार ब्यवस्थापन, खेलमैदान निर्माण र पछिल्लो समय विश्वकै अग्लो शिवपावतीको मुर्ति स्थापनामा पनि अगुवाई गर्दै आएको छ ।
यस्तै गतिविधिहरु गर्दै आएका कारण पर्वत उवासंघ उत्कृष्ट ठहरिएको हुन सक्ने अध्यक्ष ठाकुर वि पौडेलले बताउनुभयो । नेपालमै जिल्ला नगर समुहको ख बर्गवाट उत्कृष्ट हुन पाउँदा आगामी दिनमा काम गर्ने हौसला बृद्धि भएको उहाँको भनाई छ ।
संघले यस वर्षदेखि विभिन्न गतिविध गर्दै स्थापनाको स्वर्ण उत्सव मनाउने भएको छ । यसका लागि पर्यटनको विकासमा विशेष जोड दिईएको अध्यक्ष पौडेलले बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रका सुझावहरूलाई गम्भीरतापूर्वक लिएको र तदनुरुप नीतिगत सुधार गर्दै देशमा लगानी मैत्री वातावरण सिर्जना गर्दै गईरहेको धारणा राख्नु भयो । प्रधानमन्त्री ओलीले वर्तमान सरकार नीतिगत स्थिरता र स्थायित्वका लागि काम गरेको बताउनु भयो । उहाँले लगानीको वातावरण सुधार गर्न विभिन्न कानूनहरूमा महत्वपूर्ण परिवर्तनहरू गरेको र यी कानूनी सुधारहरूको उद्देश्य पारदर्शिता बढाउने, प्रक्रियागत झन्झटहरू कम गर्ने र स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको विश्वास बढाएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!