लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वत प्रहरीद्धारा ज्यान मुद्धाका फरार दुई अपराधि ३७ वर्षपछि पक्राउ - News site from Nepal

पर्वत २८ फागुन : कर्तब्य ज्यान मुद्दामा दोषी ठहरिएका यति धेरै बर्षसम्म अव पक्राउ परिन्छ भन्ने सोचेका पनि थिएनन् होला ।

कानुनी रुपमा दोषी भएपछि सजाय भोग्नैपर्छ भन्ने पुष्टि उनीहरु पक्राउ परेपछि भएको छ । घटनापछि गाउँ छाडेर भागेका दुई जनालाई पर्वत प्रहरीले ३७ बर्षपछि पक्राउ गरेको छ ।
महाशिला गाउँपालिका वडा नम्बर ५ घर भई ३७ बर्षदेखि फरार ६२ बर्षिय तेजबहादुर गुरुङ र ५७ बर्षिय गम्भिर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

तेजबहादुर ललितपुर र गम्भिर भैरहवाबाट पक्राउ परेका हुन । वि.सं. २०४४ साल फागुन ७ गते तेजबहादुरसहित अन्य सात जनाले साविक कुर्घा गाविसका रामबहादुर गुरुङलाई लाठी र चक्कु प्रहार गरी हत्या गरेका थिए । हत्यापछि शव खोल्सामा फ्याकेर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घटनामा संलग्न सातै जनालाई पर्वत जिल्ला अदालतले बि.सं. २०५८ असार १३ गते जनही १० बर्षको कैद सजाय सुनाएको थियो । गम्भिरले रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ स्थित बसडिलवामा निजि बिद्यालय सञ्चालन गरेर बसेको पाइएको छ । उनी फागुन २५ गते रुपन्देहीबाटै पक्राउ परेका हुन ।

तेजबहादुरले भने ललितपुरमा ज्यालादारी काम गर्दै आएको पाइएको जिल्ला प्रहरी प्रमुख रविन बिष्टले जानकारी दिनुभयो । तेजबहादुर ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ लुभुबाट पक्राउ परेका हुन ।

दुवै जनालाई सजाय भुक्तानका लागि जिल्ला कारागार पर्वत चलान गरिएको प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । यो घटनामा दोषी ठहर भएका तेजबहादुर र गम्भिर पक्राउ गर्नका लागि ठुलै मेहनत भएको प्रहरी निरिक्षक सापकोटाले बताउनुभयो ।

‘हामीले धेरैदिनसम्म रातीसम्मै घटना अध्ययन गरेर दोषीलाई फेला पारेका हौ’ उहाँले भन्नुभयो । पर्वत प्रहरीले पुराना मुद्दाका दोषी पक्राउ गर्न प्राथमिकता दिएर अभियान चलाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!