लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतको फलेवासमा पब्लिक स्पिकिङ् तालिम सम्पन्न् । - News site from Nepal
पर्वतको फलेवासमा पब्लिक स्पिकिङ् तालिम सम्पन्न् ।

रामचन्द्र भुसाल
फलेवास- पर्वतको फलेवासमा पब्लिक स्पिकिङ तालिम सम्पन्न भएको छ । शनिबार फलेवासको खानिगाउँमा अवस्थित मोती सामुदायिक पुस्तकालयको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
लायन्स क्लव अफ काठमाण्डौ देउराली दियालोको आयोजना र मोती सामुदायिक पुस्तकालयको व्यवस्थापनमा एक दिने वाक कला अभिमुखिकरण कार्यक्रम गरीएको बरिष्ठ लाइब्रेरीयन ईन्द्र शापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमको मुख्य प्रशिक्षकमा लायन्स क्लवका प्रथम उपाध्यक्ष तथा भि.एफ.वाई. टक्सका ट्रेनर कृण प्रसाद सापकोटा र सह–प्रशिक्षकमा टेकनारायण सापकोटा र कमल सापकोटा रहनुभएको थियो ।
कार्यक्रममा ट्याग गल्र्स, स्थानीय महिला दिदिबहिनी, विभिन्न संघ–संस्थामा आवद्ध कर्मचारी, पत्रकार लगायतको उल्लेखनयि सहभागिता रहेको थियो । तालिमले बोल्ने कलाको बिकास कसरी गर्न सकिन्छ भन्ने विषयलाई सवल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रशिक्षहरुको भनाई रहेको थियो ।
तालिमपश्चात सहभागिहरुले उक्त कार्यक्रमबाट आफूहरुलाई बोल्न सक्ने हुनका लागि प्रेरीत गर्ने कुराहरु बोध गराएको बताउँदै आयोजकप्रति खुसि व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!