युवा संघ पर्वतका कार्यकर्ताबीच झडप, एमाले नेता अर्जुन पौडेल निर्जन गम्भीर घाइते - News site from Nepal
पर्वत– राष्ट्रिय युवा संघ पर्वतको नबौ अधिवेशनको क्रममा झडप भएको छ । जिल्ला पार्टी कार्यालयमा बुधवार आयोजित कार्यक्रममा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो ।
झडपमा परी एमाले प्रदेश कमिटी सदस्य एवम् युवा संघका केन्द्रीय सदस्य अर्जुन पौडेल निर्जन गम्भीर घाईते हुनुभएको छ । उहाँको टाउकोमा गम्भीर चोट लागेको छ भने अहिले पोखरामा उपचार भैरहेको छ ।
युवा संघ जिल्ला कमिटिले तत्काललाई अधिवेशन स्थगित गर्नका लागि सुचना जारी गरेपनि पार्टी नेतृत्वले जवरजस्त अधिवेशन गर्न थालेपछि असन्तुष्ट जिल्ला कमिटिका अध्यक्ष र सचिबसहितको टोलीले बिरोध गर्न जाँदा आक्रमण भएको संघका जिल्ला अध्यक्ष बिनोद थापाले जानकारी दिनुभयो ।
उहाँले आफ्‌नै कार्यकर्तामाथि सांघातिक आक्रमण भएको भन्दै दोषिलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्नुभएको छ । वैशाख २० गते वसेको युवा संघ जिल्ला कमिटिको वैठकले तत्कालाई अधिवेशन स्थगन गरी आवश्यक तयारी पुरा गरेपछि गर्ने निर्णय गरेको थियो । तर जिल्लाको पार्टी नेतृत्वले जवरजस्त नगरि नहुने भन्दै अध्यक्ष र सचिब बाहेक अन्य पदाधकारी र सदस्यहरुलाई बोलाएर अधिवेशन शुरु गर्न लागेको थियो ।
शुरुमा अधिवेशन भनिएपनि पछि विस्तारित भेला भनिएको कार्यक्रमका सहभागि एक युवाले बताएका छन् ।
उपचाररत घाईते निर्जनले जिल्लाको पार्टी नेतृत्वले सुझबुझपुर्ण ढंगले सवै युवाहरुलाई समेटेर जानुपर्नेमा बिद्रोह निम्त्याउन खोजेको बताउनुभयो । उहाँले यसले पार्टीलाई झनै कमजोर बनाउँदै लगेको बताउनुभयो । जिल्ला कार्यसमितिले गरेको निर्णय विपरित पार्टीले हस्तक्षेप गरि अध्यक्ष र सचिब बिनानै अधिवेशन गर्न खोज्नु के को लागि गरिँदै थियो भन्ने आशंका पैदा भएको उहाँको भनाई छ ।
कार्यक्रममा प्रमुख अतिथि रहेका युवा संघका केन्द्रीय सचिव एवम् प्रदेश इञ्चार्ज पर्वत भण्डारीले अधिवेशन नभइ विस्तारित भेला भएको दावी गर्नुभएको छ । ‘अधिवेशन होइन, विस्तारित भेला हो । केही साथीहरुको सामान्य असमझदारी सिर्जना भएपछि आयोजक कमिटि बनाऔं भनेर भेला बेलाएका हौं,’ उनले भन्नुभुयो, ‘केही भएको छैन । साथीहरुको सामान्य असमझदारी भएको हो ।’
चैत १५ भित्र अधिवेशन गर्न नसकेको शाखाहरुमा जिल्ला अध्यक्ष स्वत संयोजक हुने र अधिवेशन गर्ने गरी केन्द्रबाटै निर्णय भएको भण्डारीले बताईरहँदा अध्यक्ष र सचिब बिनानै संचालित कार्यक्रममा उहाँ आफै सरिक हुनुभएको थियो ।
यसैबीच नेकपा एमाले गण्डकी प्रदेश कमिटिले एक विज्ञप्ती जारी गरी घटनाको घोर निन्दा गरेको छ । पार्टी अध्यक्ष नवराज शर्माद्धारा जारी विज्ञप्तीमा युवा संघमा देखिएका समस्यालाई शान्तिपुर्ण र विधिसम्मत तबरवाट हल गर्न र अराजक गतिविधिलाई प्रोत्साहन नदिन अपिल गरिएको छ । साथै प्रदेश कमिटि सदस्य अर्जुन पौडेलमाथि सांघातिक आक्रमण गर्ने जो कोहि भएपनि घटनाको छानविन गरी दोषिलाई कारबाही गर्न आग्रह गरिएको छ ।
यता नेकपा एमाले जिल्ला कमिटि पर्वतका सचिब सुवारचन्द्र पौडेलले एक विज्ञप्ती जारी गर्दै यथार्थ नबुझी भ्रम फैलाईएको बताउनुभएको छ । विज्ञप्तीमा गण्डकी प्रदेश कमिटिले समेत यथार्थ नबुझी बिज्ञप्ती निकालेको आरोप पौडेलको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!