प्रमुख समाचार

सक्सेस ल्याङ्ग्वेज इन्स्टिच्युट पर्वतको जापान अध्ययन सम्बन्धि सेमिनार सम्पन्न

By लोकतन्त्र अनलाईन

June 01, 2025

पर्वत-  जापानमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै सक्सेस ल्याङ्ग्वेज इन्स्टिच्युट, पर्वतले एक विशेष सेमिनार कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रम रोयल कुश्मा रिसोर्टमा आयोजना गरिएको थियो, जसमा जापानमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरू, अभिभावकहरू तथा शिक्षासँग सम्बन्धित व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सेमिनारमा जापान अध्ययनको अवसर, छात्रवृत्ति, भाषा तयारी, भिसा प्रक्रिया लगायतका विविध विषयमा जानकारीमूलक प्रस्तुतीहरू दिइयो। सक्सेस ल्याङ्ग्वेज इन्स्टिच्युटका प्रशिक्षक तथा जापानमा अध्ययन गरिसकेका विशेष अतिथिहरूले विद्यार्थीहरूलाई प्रत्यक्ष अनुभव सुनाउँदै मार्गदर्शन गरेका थिए।

इन्स्टिच्युटका प्रमुखले भने, “हामी पर्वत जिल्लाका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा अवसरका लागि सक्षम बनाउन प्रतिबद्ध छौं। यस सेमिनारले उनीहरूलाई सही निर्णय लिन सहयोग गर्नेछ।”

कार्यक्रम निकै सफल र जानकारीमूलक भएको सहभागीहरूको प्रतिक्रिया थियो।