पर्वत, १३ कात्तिक ः नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री पदम गिरीले केहि वर्षपछि नयाँ दलहरु बिलिन हुने बताउनुभएको छ ।
नेकपा एमाले कुश्मा नगरकमिटिको दोस्रो अधिवेशनलाई उद्घाटन गर्दै गिरीले नयाँ दलहरु खुलेको डेढ दुई वर्षमै काण्डै काण्डमा मुछिएको पर्दाफास हुँदै गएको बताउँदै अबको आठ दश वर्षपछि यिनिहरुको अस्तित्व नै नरहने दावी गर्नुभयो । उहाँले छानविनका लागि रबि लामिछानेलाई राज्यले नियन्त्रणमा लिदा उक्त पार्टीले सडकमा अराजकता मच्चाएको बताउनुभयो । मुलुक निर्माणमा योगदान नभएका र नेपालमा जरा नभएका दलहरुको भविष्य नरहेको उहाँको भनाई छ ।
केन्द्रीय सदस्य गिरीले नेकपा एमाले विना मुलुकको परिवर्तन सम्भव नहुने बताउनुभयो । उहाँले मुलुका भएका सवैखाले परिवर्तनहरु एमालेकै कारण भएको बताउँदै एमाले बिनाको मुलुकको समृद्धि सम्भव नरहेको बताउनुभयो । उहाँले सहज होस् वा कठिन परिस्थितिमा पनि एमालेको नेतृत्वले नागरिकको विश्वास जित्नेगरी काम गरेको बताउनुभयो । उहाँले सुखि नेपाली समृद्ध नेपालको नारालाई साकार पार्नका लागि सम्पुणर् नेता कार्यकर्ताहरु सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
पुर्व मन्त्री समेत रहनुभएका गिरीले मुलुक आर्थिक रुपमा सवल बन्दै गएको बताउनुभयो । भुकम्प, कोभिड लगायतका कारणले मुलुक नराम्ररी आर्थिक संकटमा फसेको बताउँदै वर्तमान सरकार आएलगत्तै लयमा फर्किएको बताउनुभयो । उहाँले मुलुकको समृद्धिका लागिनै दुई ठुला दल एमाले र काँग्रेसको सहकार्यमा सरकार बनेको बताउनुभयो । मुलुकलाई संकटवाट जोगाउन अहिलेको समिकरण सक्षम रहेको उहाँको भनाई छ ।
गिरीले कुश्मा नगरपालिकाको आगामी नेतृत्व सहमतिका साथ चयन गर्न आग्रह गर्नुभयो । नेकपा एमालेका अघि आएका थुप्रै कार्यभार कुशल रुपमा सम्हाल्नका लागि सम्पुणर् कार्यकर्तालाई एकजुट बनाउनुपर्ने अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै सहमति र सहकार्यमा जोड दिईने उहाँको भनाई छ ।
कार्यक्रममा नेकपा एमाले पर्वतका संस्थापक नेता गणेश शर्मा पौडेलले नेकपा एमालेजस्तो बलियो शक्ति अरु कुनै हुन नसक्ने बताउनुभयो । मुलुकको परिवर्तनका लागि एमालेको महत्वपुणर् भूमिका रहेको बताउँदै सुझबुझपुणर् तवरले नेतृत्व चयन गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका उपसचिब मञ्जु अधिकारी, नेकपा एमाले पर्वतका जिल्ला अध्यक्ष गोबिन्द पहाडी लगायतले सम्वोधन गर्नुभएको थियो । नेकपा एमाले कुश्मा नगरकमिटिका अध्यक्ष किशोर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपसचिब स्वस्थानी रिजाल र संचालन सचिब गणेश पौडेलले गर्नुभएको थियो । उद्घाटन सत्रपछि बन्दसत्र शुरु भएको छ । बन्दसत्र सकिएपछि नेतृत्व चयन प्रकृया शुरु हुने नगर कमिटि अध्यक्ष किशोर सापकोटाले बताउनुभयो ।
नयाँ नेतृत्व चयन सहमतिकै आधारमा गरिने अधिकांस नेताहरुको भनाई रहेको छ ।