भोला पौड्याल
सिकाइका माध्ययमहरु धेरै हुन्छन् तीमध्ये पढेर अर्थात लेखेर, हेरेर अर्थात भ्रमण गरेर, गल्तीहरु गरेर आदी । मेरो बिचारमा प्रभाबकारी सिकाइ भनेको गल्ती मार्फत हुने देखिन्छ, जब मानिसले गल्ती गर्छ र त्यो गल्ती महशुस गरी अर्को पटक दोहो¥याउँदैन त्यस अवस्थामा भएको सिकाइ नै पूर्ण र प्रभाबकारी सिकाइ हो । सिकाइका सम्बन्धमा एक वास्तविक घटना प्रस्तुत गरेको छु ।
एक दिन रनेश खेत खनजोत गरेर घरमा फर्किदै थिए, फर्किने क्रममा घर नजिकै पुग्न लाग्दै गर्दा एउटा खरायो घर नजिकको धारामा पानी खान जाँदै गरेको रहेछ रनेशको नजरमा प¥यो र समाउनका लागि रनेश लगायतका साथिहरुले खरायोलाई लखेट्न थाले । चार तिरबाट लखेट्दा भाग्दा भाग्दै खरायो कमजोर भयो र सुरेन्द्रले खरायो च्याप्प समाउन सफल भयो । केही समय त्यसलाई डोकाले छोपेर राखियो चलाउन अर्थात खेलाउन थालियो, त्यसो गर्दा त्यसको केही रौँ सहितको छाला च्यातिन पुगेको थियो । त्यस्तो अवस्थामा खरायो देखेर अक्रो एक जना रनेशको दाइले खरायो छोपेको डोको हटाइदियो र घाइते खरायो विस्तारै भाग्यो ।
चार दिन पछीको कुरा हा,े घर नजिकै केही मरेर गन्ध आएको महशुस भयो र रनेशले घरको वरीपरी खोजी गर्न थाल्यो र वरीपरी खोजी गर्दा त्यही छाडेको खरायो मृत भेटीयो । यस्तो अवस्थामा रनेशको मुहार दुःखी देखिन्थ्यो ।
फेरी भोलिपल्ट रनेश बिहान सवेरै उठी नित्यकर्मा पश्चात चिया पिएर घर नजिक बारीमा घाँस लिन जान्छ । मोबाइलमा गीत सुन्दै घाँस काटीरहेको रनेश एक्कासी रोकिन्छ र चिच्चाउदै भन्छ “खरायोको बच्चा मरेछ ।” मनमा गहिरो चोट परे जसरी उसले सोच्न थाल्छ पक्का पनि त्यही हाम्रो कारणले मरेको खरायोको बच्चा हुनुपर्छ । अब रनेशलाई आँफुले गल्ती गरेको महशुस हुन्छ र ठूलो गल्ती गरेको महशुस गरी आवाज निकालेर रुन थाल्छ । उसले शोकसुर्ता गर्दै भन्छ “एउटा आमाको ज्यान हाम्रो कारणले गयो र त्यही आमाको पर्खाइमा रहेको बच्चाको खाना नपाएर ज्यान गयो ।” त्यस दिन रनेशले ठूलो गल्ती गरेको महशुस ग¥यो, भगवान संग दश औँला जोडेर माफ माग्यो र मनमनै बिचार ग¥यो “यस्ता गल्तीहरु गर्न नहुँदो रैछ मैले जुन गल्ती गरेको छु यसवाट मैले ठूलो ज्ञान आर्जन गर्ने अवसर पाएको छु । भोलीका दिनमा पशुपक्षीहरुको कल्याण गर्ने कार्य गर्नेछु । मलाई माफ गर्नुहोस् भगवान ।”
केही दिन पछी रनेश मोटरसाइकलमा जंगलको यात्रा गर्दै थियो, अचानक एउटा घुम्तीमा एक्कासी मोटरसाइकल पल्टीयो । पल्टीनुको कारण, उसले कालिजलाई बचाउन एक्कासी डिस बे्रक लगाएको रैछ । पछी हेर्दा उक्त कालिज एक खुट्टा गुमाएको र बाटोमा चारो टिप्दै गरेका रैछ मोटरसाइकल पल्टिएपछी एक खुट्टाले बल्लतल्ल जंगलतिर पस्यो । रनेशको मोटरसाइकलको एक साइडको ऐना फुट्न पुग्यो र खुट्टामा सामान्य ददारेको चोट पनि देखिन्थ्यो तर उ खुसी नै देखिन्थ्यो र रनेशले मनमनै भन्यो “बल्ल आज आनन्द आयो मैले जुन दिन गल्ती गरेको कारण खरायो मृत्यु हुन पुग्यो त्यही घटनाबाट ठूलो ज्ञान प्राप्त गर्नाले आज यो कालिज मर्न बाट जोगियो ।”
ज्ञान आर्जन गरेर मात्र हुँदैन । ज्ञानलाई ब्यवहारमा उतार्न सक्नुपर्दछ । हरेक गल्तीवाट शिक्षा प्राप्त हुन्छ, प्राप्त गरेको शिक्षालाई कार्यान्वयन गर्न सकेमा मात्र त्यसलाई सिकाइ मानिन्छ । हरेक जिवात्माको संरक्षण, माया र कल्याण गर्नु सबै मानिसको कर्तब्य हो जसमा असल मानविय चरित्र चित्रण हुन्छ । सकिन्छ जीवित जगत र वातावरण संरक्षण गर्न तर्फ लाग्ने, सकिदैन भने बिगार्ने काम पनी गर्नुहुँदैन ।
फलेवास १ कार्कीनेटा पर्वत ।
कर तथा लेखा विज्ञ, शिक्षक तथा प्रशिक्षक ।