पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ का ७६ वर्षिय बृद्ध पदमबहादुर विक विगत पाँच दिनदेखि सम्पर्क बिहीन हुनुभएको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं. १ ताङ्लेमा रहेका आफन्तको घरवाट कुश्मा फर्किने भन्दै मंसिर ८ गते दिउँसो १ बजेदेखि निस्किनुभएका विक अहिलेसम्म पनि सम्पर्कमा आउनुभएको छैन । उहाँले लिँदै आएको टेलीफोन नम्वर समेत बन्द रहेको र आफन्त, इष्टमित्र तथा उहाँ जानसक्ने सम्भावित स्थानहरुमा खोजी गर्दा पनि उहाँको अवस्थाका बारेमा कुनै पत्ता नलागेको स्थानीय शिवलाल बस्यालले जानकारी दिनुभयो ।
बृद्ध अवस्थाका व्यक्तिसँग घरमा मनमुटाव वा अन्य कुनै खालको बेमेल समेत नरहेको बताईएको छ । आफन्तले खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा समेत निवेदन दिएका छन् । उक्त निवेदनको आधारमा बृद्धको हुलियासहित सवै युनिटहरुवाट खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बृद्ध विकका आफन्तले फेला पार्नुहुने महानुभावहरुलाई नजिकको प्रहरी कार्यालय वा ९८५७६२६१६९, ९८४७६२४८२९, वा ९८०५१३०५२६ मा खबर गरिदिनुहुन अनुरोध गरेका छन् ।