केरावारीको पहिरोले मालढुंगा-बेनी खण्ड अवरुद्ध  - News site from Nepal
केरावारीको पहिरोले मालढुंगा-बेनी खण्ड अवरुद्ध 
पर्वत ११ भदौ ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्ग सँग जोड्ने कालीगण्डकी करिडोर अन्तर्गतको मालढुंगा-बेनी खण्ड पहिरोले अवरुद्ध बनेको छ ।
पर्वतको जलजला गाउँपालिका वडा नं. ७ केरावारीमा माथिवाट खसेको लेदो सहितको पहिरोका कारण दिउँसो ४ बजेदेखि सडक अवरुद्ध बनेको हो ।  सडक स्तरोन्नतीका क्रममा खनिएको पहाडवाट पहिरो झर्ने क्रम नरोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सडक अवरुद्ध भएपछि छिमेकी जिल्ला म्याग्दी र मुस्ताङवाट छुट्ने र अन्यत्रवाट ति जिल्लाका लागि आएका सवारी अलपत्र बनेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सिताराम ओझाले सडक माथिवाट ढुंगामाटो निरन्तर खसिरहेकाले सवारी संचालन गर्न सकिने अवस्था छैन ।
ठुलो क्षेत्रफलमा पहिरो खसेको छ । अहिले वर्षा निरन्तर भैरहेकाले वर्षा रोकिने वित्तिकै सडक खुलाउन प्रयास गरिने ओझाले बताउनुभयो । पहिरो पन्छाएर सडक खुलाउने बेलासम्म बैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । यो सडकको बिकल्पमा मालढुंगादेखि बागलुङ -रत्नेचौर हुँदै म्याग्दी पुग्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!