टिउरीखोलाको बाढिले पैंयुँको बानीडाँडा विद्यालय जोखिममा, पठनपाठनमा समस्या - News site from Nepal

पर्वत ९ साउन ः पर्वतको पैंयुँ गाउँपालिका वडा नं. ५ मा रहेको बानीडाँडा प्राथमिक विद्यालयमा अबिरल वर्षासँगैको बाढिले पुणर् रुपमा क्षति पुर्‍याएको छ ।

निरन्तरको वर्षासँगै विद्यालय नजिकै रहेको टिउरी खोलामा आएको लेदो सहितको बाढीले विद्यालय भवनमा पुणर् क्षति पुगेको हो । बाढिका कारण बिद्यालयका अधिकांस कोठाहरु गेग्र्यानले पुरिएका छन् भने विदालयको प्राङ्गण सहित भौतिक संरचना पुणर् रुपमा कटान गरेपछि विद्यालयको नियमित पठनपाठनमा समस्या भएको छ ।

कक्षा पाँच सम्म पढाई हुने विद्यालयमा झण्डै ४० जना विद्यार्थी रहेका छन् । गत असार २२ गते दिउँसो परेको अविरल वर्षापछिको बाढीले विद्यालयमा क्षति पुर्‍याएको पैंयुँ गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष निर्भिकनारायण भुर्तेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिद्यालयमा बर्खे बिदा भएका कारण अन्य खालको जोखिम हुन नपाएको हो । बाढीले विद्यालयको अधिकांस भौतिक संरचनामा क्षति पुर्‍याएपछि विद्यालयनै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ । ‘कित खोला नियन्त्रणका लागि तत्काल पुर्वाधार निर्माण गर्नुपर्दछ, कि त विद्यालयनै स्थानान्तरण गर्नुपर्ने अवस्था छ’- वडाअध्यक्ष भुर्तेलले बताउनुभयो । यो समाचार आज बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।

ठुलो वर्षा पर्दा जुनसुकै बेला पनि खोलामा बाढि आउन सक्ने र विद्यालयमा थप जोखिम निम्तिने खतरा रहेको छ । यस वर्ष विगतमा भन्दा धरै वर्षा हुने भएकाले यहि अवस्थामा विद्यालयमा पठनपाठन संचालन गर्दा ठुलो जोखिम आईपर्ने खतरा रहेको स्थानीयको भनाई रहेको छ ।

बाढीका कारण विद्यालयमा पुगेको क्षतिबारे गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी, उपाध्यक्ष यामकुमारी राना सहित जनप्रतिनिधहरुको स्थलगत अवलोकन गर्नुभएको छ । विद्यालयको संरक्षण गरेर सोहि ठाउँमा कक्षा संचालन गर्ने वा अन्यत्र स्थानान्तरण गर्ने विषयमा निणर्य भैनसकेको पालिकाले जनाएको छ ।

बाढिका कारण पैंयु-५ को पियाखेतमा रहेको दर्जनौ परिवारको घरगोठमा समेत क्षति पुर्‍याएको छ भने सयौ रोपनी खेतवारी समेत बगरमा परिणत भएको अध्यक्ष भुर्तेलले जानकारी दिनुभयो । अहिले वर्खे विदा नसकिएको र विद्यालय खुलेपछि संचालनको विषयमा स्थानीय अभिभावक, शिक्षक र जनप्रतिनिधिबीच छलफल गरेर टुंगोमा पुगिने बताउनुभयो । यो समाचार आज बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।

वर्षापछिको पहिरोकै कारण पैंयुँ गाउँपालिका वडा नं. ६ सरौँखोलामा रहेको लक्ष्मीभवन प्राविमा पनि क्षति पुगेको छ । विद्यालयका दुईवटा कक्षाकोठा पहिरोले भत्किएका छन् । पहिरोले विद्यालयनै जोखिमपुणर् अवस्थामा पुगेको स्थानीय छवि तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!