पर्वत ११ जेठ ः पर्वतको कुश्मा नगरपालिका वडा नं. २ नयाँपुलस्थित कालीगण्डकी नदि किनारमा एक महिलाको शव वेवारिसे अवस्थामा भेटिएको छ ।
बिहीवार दिउँसो २ बजे नदि किनारमा शव भेटिएको हो । नाम, थर पहिचान हुन नसकेको करिब ३०/३५ वर्षिया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
वेवारिसे अवस्थामा भेटिएको शव पोष्टमार्टका लागि पर्वत अस्पतालको शव गृहमा राखिएको छ । तर महिलाका कोहिपनि आफन्तहरु सम्पर्कमा नआएका कारण शवको पोष्टमार्टम हुन सकेको छैन ।
गहुँगोरो र मंगोलियन अनुहार भएकी महिलाको दायाँ हातमा रातो चुरा, प्याजी रंगको लुगा नाकमा पहेलो धातुको नत्थी लगाएको, दायाँ कानमा रातो पहेलो धातुको टप लगाएको अवस्थामा रहेको छ । चार फिट १० ईन्च उचाई भएकी महिलाको अहिलेसम्म पहिचान हुन सकेको छैन ।
क
उनको खोजीका लागि कतैवाट उजुरी समेत नआएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । आफन्त सम्पर्कमा नआउँदा दुई दिनदेखि शव अलपत्र परेको हो ।
—