पर्वतमा झण्डै ६ हजार बालबालिकालाई पोलियोको आईपिभी खोप लगाईदै - News site from Nepal

पर्वत, ९ चैत ः पोलियो रोग उन्मुलनका लागि पर्वतमा यस वर्ष झण्डै छ हजार बालबालिकालाई आईपभि खोप लगाईने भएको छ ।

जिल्लाका सातवटै स्थानीय तहमा अभियाननै संचालन गरेर यही जेठ १३ देखि २६ गतेसम्म आइपिभी खोप लगाउन थालिएको हो । जिल्लाभर रहेका पाँच हजार सात सय बालबालिकालाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । जिल्लाको फलेवास नगरपालिका, महाशिला, विहादी र पैंयुँ गाउँपालिकामा जेठ १३ गतेदेखि १७ गतेसम्म र कुश्मा नगरपालिका, मोदी र जलजला गाउँपालिकामा २१ गतेदेखि २६ गतेसम्म खोप लगाउने कार्यतालिका निर्धारण गरिउको छ ।

खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको हो । जिल्लाका सातवटै स्थानीय तहमा खोप सञ्चालनका लागि स्वास्थ्य कार्यालय पर्वतले सम्पुणर् तयारी पुरा गरेको जनाएको छ ।

सवै बालकालिकालाई खोपको पहुँचमा ल्याउन तीन सय १८ स्थानमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । कुनै पनि बालबालिका आइपिभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित जिल्लाभर रहेका चार सय ७७ वटा खोप केन्द्र निर्धारण गरिएको छ । यस बाहेक घुम्ति केन्द्र खडा गरेर भएपनि कोहिपनि नछट्नेगरी तयारी भैरहेको शर्माले बताउनुभयो ।

जिल्लाभरका तीन सय १८ विद्यालयमा खोप केन्द्र मानेर बालबालिकालाई खोप लगाईने छ भने वडामा रहेका स्वास्थ्यचौकीमा पनि खोप लगाईने भएको छ । यसका लागि चार सय ७७ जना खोप लगाउने स्वास्थ्यकर्मी, ९ सय ५७ जना स्वयंसेवक खटाइने कार्यालय प्रमुख शर्माले बताउनुभयो । शर्माका अनुसार सातवटै पालिकामा खोप व्यवस्थापन र अनुगमनका लागि ७५ जना सुपरिवेक्षक खटाईने भएको छ भने यो अभियानमा चार सय ८८ जना शिक्षक र स्वास्थ्यकर्मी पनि परिचालन गरिने कार्यालयले जनाएको छ ।

खोप अभिायनलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्यचौकीसँग सहकार्य गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ’विश्वबाट पोलियो रोग उन्मुलन गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालन गर्न थालिएको हो । नेपालवाट सन् २०२६ मा पोलियो उत्मुलन गर्ने लक्ष रहेको छ ।

खोप लगाईसकेपछि बालबालिकामा सामान्य असर देखिने भएकाले हरेक पालिकामा एक/एक जना चिकित्सकले आवश्यक निगरानी र समस्या देखिएमा तत्काल उपचार गर्नुहुने पनि कार्यालयले जनाएको छ । नियमित खोप भन्दा फरक हुने भएकाले लक्षित समुहका सवै बालबालिकाले अनिवार्य लगाउनुपर्ने कार्यालयले जनाएको छ ।

वि.सं. २०७३ वैशाखदेखि २०७५ असोज सम्मको पर्वतमा जन्मेका बालबालिकाको संख्या आठ हजार चार जना भएपनि अहिले पाँच हजार सात सय जना मात्र रहेका छन् । बाँकी बालबालिका विभिन्न कारणले जिल्लामा नरहेको पाईएको छ ।
स्वास्थ्य कार्यालय पर्वतले बुधवार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी खोप अभियानका बारेमा जानकारी गराएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, स्वास्थ्य कार्यालयका नारायण रेग्मी लगायतले खोप अभियानलाई सफल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!