लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
महाशिला गाउँपालिकाद्धारा चट्याङ पिडित परिवारलाई सहयोग हस्तान्तरण   - News site from Nepal
पर्वत, ६ चैत ः पर्वतको महाशिला गाउँपालिका वडा नं. ४ पाखापानीमा चट्याङ लागेर घर जल्दा पुणर् रुपमा क्षति व्यहोरेको परिवालाई पालिकाले आर्थिक सहयोग गरेको छ ।
घर जलेर घरवारहिीन भएको स्थानीय पवित्रा क्षत्रिको परिवारलाई पालिकाले तत्कालका लागि रु. एक लाख रुपैया नगद, खाद्यान्न, लत्ताकपडा र त्रिपाल सहयोग गरेको हो । क्षतिको अवलोकनका लागि पुगेको जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसाल सहितको टोलीले नगद र आवश्यक बन्दोबस्तीका सामान हस्तान्तरण गरेको हो ।
चट्याङले विद्युत सर्ट भई आगालागी हुँदा दुई तले कच्ची घरमा पुणर् क्षति भएको भएको थियो । प्रहरीका अनुसार मानविय र पशुचौपायाको क्षति भने भएको छैन । घर जल्दा नगद, अन्नपात, लत्ताकपडा, सुनका गरगहना गरी रु. ११ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
पिडित परिवारलाई तत्कालको दैनिकी गुजारा गर्न सहज होस् भन्ने उद्धेश्यले पालिकाले तत्कालै घरमै पुगेर सहयोग गरेको गाउँपालिकाका अध्यक्ष इश्वरी भुसालले जानकारी दिनुभयो । पिडित परिवारको पुर्नस्थापनाका लागि पालिकाले थप पहल गर्ने उहाँको भनाई छ ।
चट्याङका कारण विद्युत प्रशारण लाईनको ३३ केभि सवस्टेसन अन्तर्गत  ११ के भी रानीपानी फिडर को ब्रेकरमा समेत क्षति पुगेको थियो । उक्त फिडर अन्तरर्गत पर्ने पर्वतको महाशिला गाउँपालिकाका बालकोट, होस्राङ्दी, भोक्सिङ र बिहादी गाउँपालिकाका उराम, वहाकी, रानीपानी, बराचौरमा अबरुद्ध विद्युत सेवा आइतवार दिउँसोदेखि सुचारु भएको छ ।
चट्याङका कारण सोहि स्थानका अन्य १२ घरको मिटरबक्स, वायरिङ्ग लगायतका क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!