पर्वतको पाखापानीमा चट्याङ लागेर घर जल्दा पुणर् रुपमा क्षति - News site from Nepal
पर्वत, ०६ चैत ः पर्वतको महाशिला गाउँपालिका वडा नं. ४ पाखापानीमा घरमा चट्याङ पर्दा पुणर् रुपमा जलेर क्षति भएको छ ।
शनिवार साँझ ६ बजेको समयमा स्थानीय पवित्रा क्षत्रिको घरमा चट्याङ परेको थियो । चट्याङले विद्युत सर्ट भई आगालागी हुँदा दुई तले कच्ची घरमा पुणर् क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रहरीका अनुसार मानविय र पशुचौपायाको क्षति भने भएको छैन । घर जल्दा नगद, अन्नपात, लत्ताकपडामा पुणर् रुपमा क्षति भएको छ । झण्डै रु. १० लाख बराबरको क्षति भएको  अनुमान छ ।
चट्याङका कारण विद्युत प्रशारण लाईनको ३३ केभि सवस्टेसन अन्तर्गत  ११ के भी रानीपानी फिडर को ब्रेकरमा समेत क्षति पुगेको छ । उक्त फिडर अन्तरर्गत पर्ने पर्वतको महाशिला गाउँपालिकाका बालकोट, होस्राङ्दी, भोक्सिङ र बिहादी गाउँपालिकाका उराम, वहाकी, रानीपानी, बराचौरमा विद्युत सेवा अवरुद्ध बनेको छ । अहिले मर्मतको काम भैरहेको पर्वत वितरण केन्द्रले जनाएको छ ।
चट्याङले जिल्लाका विभिन्न ठाउँका व्यक्तिगत घरका मिटर बक्स जल्ने, इन्टरनेटका उपकरणमा क्षति पुगेको भएपनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!