धनश्याम उपाध्याय
हामी डाँडापाखा नदी किनारमा बस्ने दुर्गम तथा हिमाली क्षेत्रका नागरिकको हकमा प्राण भन्दा पनि प्यारा, जलस्रोत वनस्पति हिमाल र नदी सम्पादहरु हुन् । तिनको प्रचार प्रसारमा सहयोग गर्नुहुने मिडियाहरुलाई मुरी मुरी धन्यवाद दिँदै आभार व्यक्त गर्दछु ।
थप जानकारीको लागि शक्ति युग देखि आजसम्म हिमालय देखि महासगरसम्मको यात्रा गर्दै बगेकी दिव्ये नदी भगवान नारायण श्री शालीग्रामकी जन्मदाता श्री कृष्ण गण्डकीलाई समय र युग अनुसार देवता र ऋषिमुनिहरुले धेरै नामले पुज्ने गरेको पाइन्छ र महाऋषिहरुको दिब्य ज्योतिष मठको सङ्कलपमा कालीगण्डकी भनेर बैदकि कालखण्डको सत्यबती परासर ब्यस खण्डमा वैदीक कार्य गर्दा धेरै नामहरु उच्चारण भएको पाइन्छ।
चक्रबाहीनी, दक्षिणबाहीनी, उत्तरबाहीनी, सिद्धिबाहीनी, सत्यद्धाराबती, मधुमन्दा सहश्र वाराही। भुबनेशरी सहित अशंखे नामले पूजन गरको पाइन्छ र आदि प्रयाग देवघाटदेखि त्रिवेणी दिब्यधाम सम्मको क्षेत्रलाई गण्डकी सागर भनेर पूजन गरेको पाइन्छ । त्यसबाट अघि गण्डकी नदी भनेर उल्लेख भएको, पाइन्छ । नेपालको हिमालयबाट उत्पति भएकी सर्वेस्वारी नारयणी पवित्र नदीले स्वयम भगवान शालीग्रांम नारायणलाई जन्म दिएकोले श्री राम नाम महामन्त्रकी अधीश्ठात्री माता नारायणी भनेर हिमालदेखि महासागरसम्म ऋषिमुनिहरुले पूज्र्ने गरेको शास्त्र ग्रन्थका साथै मधुवन ऋषि मुनि सिद्ध माहादिव्य पैथीहरुमा उल्लेख भएको पाइन्छ ।
यसैगरी कुनै अस्थायी जलाशय वा खोल्सहरुबाट उत्पन्न भएर बग्ने जलस्रोतलाई खोला भनेर बुझिन्छ र हिउँदेयाममा त्यस्ता जलस्रोत सुख्खा रहन्छन् । बाह्र महिना चलिरहने हिमालय र अन्य पर्वत देखि उत्पति भएर बग्र्दै प्राकृतिक र वनस्पतिको आवश्यकता पुरा गरी थोरै भएपनि आफ्नो जल गंगाजीसम्म सर्मपित गर्नेलाई साना आकारका भए पनि नदी भनिन्छ । त्यैसगरी श्रीकृष्ण नदी धेरै प्रख्यात र जम्बुदिपको भ्रत खण्डकी प्रथम गंगाजी हुन् । उनको शरणमा असंख्य नदीहरु सर्मपित भएका छन् । जस्तै, मङगला, गायात्री, मधुमन्दा, सहस्रवाराही। रुद्रावती, ब्रह्रमकपालीनी।
चन्द्रावती, मस्र्याङदी, जयन्ती, बेत्रावती, त्रिशुली जस्ता ठुलाठुला नदीहरुले आप्mनो वेग प्रत्यक्ष, अप्रत्यक्ष श्रीकृष्ण नदीलाई सर्मपित गरे र मोक्क्षे प्राप्त गरेका छन् भन्नी शास्त्रयीय पौथी ग्रन्थहरुले पनि उल्लेख गरेका छन् र भ्रत खण्डका सालमोली र कुशदिप वासी मानव जीवजन्तु वनस्पतीहरुले प्रत्यक्ष देख्न पाएका छन् । त्यस्ती दिव्य नदीलाई शास्टंग प्रणाम गर्दै म धनश्याम उपाध्यायले विन्ती गरेको छु । आगामी दिनमा हिमालहरुबाट बग्दै गरेका साना वा ठुला कुनै पनि नदीहरुलाई खोला भन्ने शब्द प्रयोग नगरे र गंगा नदीलाई माताको स्थानमा राखेर उल्लेख गरिदिनुहुन् अनुरोध गर्दछु, साथै यस्ता नदिहरुको शरणमा रहेका जलप्राणीहरुका मानवरुपी सत्रुहरुले जलप्राणीको हत्या गर्ने उद्देश्यले दिव्य नदिहरुको जल माथि नै विद्युतीय आक्रमण गर्ने गरेको सुन्न र देख्न पाइएको छ ।
दिव्य नदी श्रीकृष्ण गंगामा विराजमान रहेका भगवान शालिग्रामका विग्रहहरु माथि हतियार प्रयोग गरिएकोमा हामी नदी सम्पदा र शालिग्रामका सेवक तथा संरक्षकहरु अत्यन्तै दुखी भएका छौं । यस्ता कार्यहरुको निन्दा गर्दै तुरुन्त रोक्न र भगवान शालिग्रामलाई अपहरण गरी स्थानान्तरण गर्ने कार्य वन्द गर्नको लागि सम्वन्धीत निकायहरुसँग अनुरोध गरिन्छ ।
लेखक : माता पार्वती जन्मभुमी खुर्कोट, पाङ
संरक्षक पूर्व मठ मठाधीश्वर त्रिवेणी मुक्तिप्रयाग
सन्तमहन्त सहश्रधारा कालीगण्डकी मुक्तिनाथ