लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
नहर मर्मत नहुँदा पर्वतको खनियाघाटमा पाँच सय रोपनी खेत बाँझै - News site from Nepal

पर्वत – पर्वतको जलजला गाउँपालिका-८ नाग्लीवाङमा सडक फराकिलो बनाउन भत्काइएको नहर पुननिर्माण नहुँदा उपल्लो खनियाँघाटमा सिंचाइको समस्या भएको छ ।
जलजला गाउँपालिकाले सञ्चालन गरेको खनियाँघाट-दमुवाखोला-नाग्लीवाङ सडक स्तरोन्नतिका लागि फराकिलो बनाउने क्रममा डिइँको डाडा क्षेत्रमा बासकोटे खोला उपल्लो खनियाँघाट सिंचाई आयोजनाको २५ मिटर भन्दा बढी लामो नहर पूणर् रुपमा भत्काइएको थियो । नहर मर्मत नगर्दा स्थानीय कृषकहरुको पाँच सय रोपनी भन्दा बढि खेत बाँझै रहने भएको छ ।
भत्काइएको नहर पुननिर्माण नहुँदा धुले बिऊ राखेको र धान रोपाई पनि प्रभावित भएको बासकोटे खोला उपल्लो खनियाँघाट सिचाई आयोजनाको उपभोक्ता समितिका अध्यक्ष बिस्नु जिसीले बताउनुभयो ।
‘ठेकेदारले नहर बनाउने सहमतिमा भत्काएका हुन, अहिले सडक बनाएर गए तर नहर बनाएनन’ उहाँले भन्नुभयो ‘यसअघिका बर्षमा पानी बिउ राख्ने गरेका थियौ । यसपाली राखेको धुले विऊ पनि सिंचाई नहर नहुँदा रोपाई गर्न पाएका छैनौ । विउ छिप्पिदै जान थालेको छ । कृषकहरु निराश र चिन्तित भएका छौ ।”
३३ घरधुरी कृषकको पाँच सय रोपनी क्षेत्रफलको खेतबारीमा सिंचाईको अभाव भएको छ । विगतका वर्षमा असारको अन्तिम सातामा उपल्लो खनियाघाटमा आधा रोपाई हुने गरेको थियो । वि.स. २०६१ मा मार्ग खोलिएको खनीयाघाट-डमुवाखोला-नाग्लीवाङ सडक विस्तार, नाली र पर्खाल निर्माणका साथै ढलानका लागि रु. दुई करोड बजेट बिनियोजन भएकोमा २०८० मंसिर महिनामा साहना-सक्षम जेभीले रु. एक करोड ३३ लाख ५५ हजार २१८ मा ठेक्का सम्झौता गरेको थियो ।
यसअघि ४ मिटर फराकिलो सडकलाई विस्तार गरेर ६ देखि ७ मिटर फराकिलो बनाई ६६४ मिटर ढलान, नाली, १०५ घनमिटर पलम पर्खाल, १३० घनमिटर ग्यावीयन पर्खाल निर्माण भएको छ । पिडित कृषकहरुले केही दिनअघि वडा कार्यालय र गाउँपालिकामा नहर मर्मतको लागि अनुरोध गर्दै निवेदन दिएका थिए ।
सडकले नहरमा पुर्‍याएको क्षति अनुगमनका लागि गएका जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य र वडा अध्यक्ष हरिबिकास जिसीलाई निर्माण कम्पनीका प्रतिनिधीले पाईपलाइन जडान गरेर सिचाईका लागि पानी आपुर्ति गर्ने प्रतिवद्धता जनाएपनि ढिलाई र बेवास्ता भएको कृषकहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!