पर्वत एमाले अधिवेशन ः मतदान जारी, आजै रातीदेखि मतगणना हुने - News site from Nepal
पर्वत एमाले अधिवेशन ः मतदान जारी, आजै रातीदेखि मतगणना हुने

पर्वत- नेकपा एमाले पर्वतको नयाँ नेतृत्वका लागि मतदान जारी रहेको छ । साँझ सवा सात बजेदेखि मतदान शुरु भएको हो । अहिलेसम्म झण्डै १ सय मत खसेको निर्वाचन समितिले जनाएको छ ।
राती ११ बजेसम्म मतदान सम्पन्न हुने अपेक्षा गरिएको छ । एमाले पर्वतको दशौ जिल्ला अधिवेशनमा जिल्लाभरवाट ३ सय ९१ जना मतदाता रहेका छन् । मतदान सम्पन्न भएपछि आजै रातीदेखि मतगणना शुरु हुने निर्वाचन समितिका संयोजक बालकृष्ण शर्माले जानकारी दिनुभयो ।
एमाले पर्वतको नेतृत्वका लागि पदमपाणी शर्मा र गोबिन्द पहाडी मैदानमा उत्रिएका छन् । दुई लाईन संर्घर्षमा रहेका नेताहरुको आडमा दुई फरक फरक प्यानल बनाएर मैदानमा उत्रिएका नेताहरुले आ-आफ्नो जीतको दावी गरेका छन् ।
पदमपाणी समुहले ३० देखि ४० मतको अन्तरमा जीत हासिल गर्ने दावी गरेको छ भने पहाडी समुहले ५० देखि ६० मतको अन्तरमा जीत हासिल गर्ने दावी गरेका छन् । पहाडी समुहलाई जलजला र कुश्मा नगरपालिकामा बढि मत पर्ने आँकलन गरेको छ भने शर्माको समुहले फलेवास, महाशिला, विहादी तथा पैंयुँमा बढि मतको प्राप्त हुने तथ्यांक निकालेको छ । शर्मा समुहले कुश्मा र मोदीमा बराबर र जलजलामा पहाडीको तुलनामा केहि कम मत आउने आँकलन गरेको छ । दुवै समुहले सहज जीतको आँकलन गरेपनि फलामको च्यूरा बराबर देखिएको कार्यकर्ताको विश्लेषण छ ।
शर्माको प्यानलमा उपाध्यक्षमा मिनप्रसाद श्रेष्ठ, सचिबमा शिवप्रसाद पौडेल, उपसचिबमा जीवन उच्चै ठकुरी र सरिता भण्डारी सरु प्रतिस्पर्धामा रहेका छन् । भने पहाडीको प्यानलमा उपाध्यक्षमा बिमल लामिछाने, सचिबमा सुवास पौडेल, उपसचिबमा चण्डि भुर्तेल र बिन्दु अधिकारी प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!