एकता क्लब कुश्माद्धारा तीजको अवसरमा दर खाने कार्यक्रम आयोजना - News site from Nepal

पर्वत : सामाजिक क्रियाकलापहरूमा सक्रिय रहँदै आएको पर्वतका युवाहरूद्वारा स्थापित एकता युवा क्लबले आउँदो भदौ १५ गते दिदीबहिनीहरूका लागि दर खाने कार्यक्रमको आयोजना गरेको छ ।
क्लबका अध्यक्ष कवीन्द्र के.सी.का अनुसार विगतका वर्षहरूमा जस्तै क्लबले यस वर्ष पनि खुल्ला दर खाने कार्यक्रमको आयोजना गरेको हो । विभिन्न सङ्घ संस्था तथा कार्यालयहरूसँगको सहकार्यमा मौलिक तथा सांस्कृतिक तरिकाले दर खाने कार्यक्रमको आयोजना गर्दै आएको क्लबले यस वर्ष पनि दिदी बहिनीहरूको लागि नाचगान सहितको दर खाने कार्यक्रमको आयोजना गरेको हो ।
एकता युवा क्लबले स्थापनाकाल देखि युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकास, मानवीय सहयोग, वातावरण संरक्षण गर्दे आइरहेको छ । युवाहरूको परिचालन र संलग्नतामा विभिन्न सांस्कृतिक, धार्मिक जगेर्नाका अभियान र चाडबाडहरूलाई सामाजिकीकरण गर्ने, चाडबाडहरूलाई सामाजिक उल्लासको रूपमा मनाउन विभिन्न कार्यक्रमको आयोजना गरी अवसरहरू सृजना गर्ने जस्ता कार्यक्रमहरू पनि गर्दै आइरहेको अध्यक्ष के.सी.ले बताए ।
भदौ १५ मा आयोजना गरिएको कार्यक्रममा दर खाने सहित खेलकुद कार्यक्रमहरूको समेत आयोजना गरिएको छ । यस वर्षको तिज कार्यक्रमलाई अझै सामाजिकीकरण गर्न तथा महिला दिदीबहिनीहरूको निम्ति रमाइलो, उल्लास र आत्मीयता वातावरण सृजना गर्ने गरी तयारी भइरहेको उनको भनाई छ । उक्त कार्यक्रम हार्नेश जीपलाइनसँगै रहेको क्लबको भवनमा बिहान ११ बजेदेखि सुरु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!