पर्वतको पाङमा पिङवाट खसेर एक युवाको मृत्यु - News site from Nepal
पर्वतको पाङमा पिङवाट खसेर एक युवाको मृत्यु

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ्गमा पिङ खेल्ने क्रममा लडेर एक युवाको मृत्यु भएको छ ।

पाङस्थित ततरकोटका स्थानीय २४ वर्षीय संजय परियारको मृत्यु भएको हो । मंगलबार साँझ करिब ५ बजेको समयमा पिङ खेल्दै गर्दा हात फुस्किएर जमिनमा बजारिएका परियारको टाउकोमा गम्भीर चोट लागेको थियो । लगत्तै उपचारको लागि पर्वत अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक रविन विष्टका अनुसार लिङ्गे पिङमा मच्चिने क्रममा हात फुस्किएर भूईमा बजारिँदा गम्भिर घाईते भएका थिए । मृतकको शब पोष्टमार्टमपछि आफन्तले बुझेका छन् ।

परियारको परिवारमा तीन वर्षीय र १५ महिने गरेर दुई छोराहरु, श्रीमती र आमा रहेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेको उनको परिवारमा मुख्य आम्दानीकर्ताको मृत्युपछि समस्या परेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!