पर्वत- गण्डकी प्रदेश सरकार र नेपाल र्याफ्टिङ कनुसंघको सँयुक्त आयोजनामा गण्डकी प्रदेशमा पहिलोपटक राष्ट्रिय र्याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगास्थित कालीगण्डकी नदिमा भोली शनिवारदेखि फागुन १ गतेसम्म राष्ट्रिय र्याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुन लागेको हो ।
नेपाल र्याटिङ कनुसंघका प्राविधिक निर्देशक नीम मगरका अनुसार पारिबारिक र मनमोहक जलयात्राका लागि परिचित कालीगण्डकीमा पहिलोपटक यो प्रदेशकै पहिलो कायाकिङ संचालन गर्न थालिएको हो । ‘साहसिक खेलमार्फत पर्यटक भित्राउन हामीले यसपटक कालीगण्डकी नदीमा राष्ट्रिय स्तरको र्याफ्टिङ र कायाकिङ प्रतियोगिता आयोजना गर्दै छौं, निर्देशक मगरले भन्नुभयो, ‘प्रतियोगितामा उत्साहजनक सहभागिताका साथै भव्य रुपमा सम्पन्न हुने अपेक्षा गरेका छौ ।’
मगरका अनुसार कायाकिङ प्रतियोगितामा करिव ३० देखि ३५ जना र र्याफ्टिङमा ८ टिमको सहभागिता रहनेछ । र्याफ्टिङ प्रतियोगिता ४ विधामा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । प्रत्येक समुहमा ५ जना (आर फोर) रहनेछन् । जसमा स्प्रिन्ट ९ हजार २५० मिटर, हेड टु हेड ९३५० मिटर, स्लालम ९४५० मिटर र ड्राउ रिभर रेस १५ किलोमिटर मा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चार विधामा १ हजार अंकका लागि प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै कायाकिङ प्रतियोगिता ३ किलोमिटर क्षेत्रमा स्लालम र कनुकायक विधामा प्रतिस्पर्धा हुने पनि आयोजकले जनाएको छ । अहिले कालीगण्डकी किनारमा प्रतियोगिताको तयारी भैरहेको छ ।