पर्वत- नेकपा एमाले महाशिला गाउँ कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले एकबहादुर हमालको अध्यक्षतामा नयाँ कमिटि सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्ष अमृतप्रसाद सुबेदी, सचिबमा पदम बहादुर क्षेत्री र उपसचिमा गोबिन्द बिक र जमुना कुमारी रिमाल निर्वाचित हुनुभएको हो । त्यसैगरी लेखा कमिटी अध्यक्ष दुर्गा बहादुर गुरुङ निर्वाचित हुनुभएको छ । कमिटिमा बस्न आकांक्षीहरुका बीच छलफल पछि सहमतिमै नेतृत्व टुंगिएको हो । यस अघि सम्पन्न जलजला, फलेवास र मोदीमा निर्वाचन मार्फत नेतृत्व चयन भएको थियो भने कुश्मा र महाशिलामा सर्वसम्मत भएको हो । जिल्लाका सात पालिका मध्ये अब विहादी र पैंयूको अधिवेशन बाँकी रहेको छ । यस अघि आयोजित उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा पर्वत इन्चार्ज पुर्व मन्त्री पदम गिरीले नेकपा एमालेले अंगिकार गरेको मिसन ८४ लाई सफल पार्नका लागि सम्पुणर् नेता कार्यकर्ताहरु एकमन एकताका साथ अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । नेकपा एमालेले मुलुकको परिवर्तनका लागि गरेका कामहरु तल्ला तहसम्म पुर्याउँदै कार्यकर्ताहरुको हित र मनोभावना अुनसार काम गर्नुपर्नेमा उहाँको जोड रहेको छ । कार्यक्रममा प्रदेश तथा जिल्ला तहका नेताहरुले पनि सम्वोधन गर्नुभएको थियो । अध्यक्ष हमाल यस अघि पनि कार्यबाहक अध्यक्षको रुपमा रहनुभएको थियो ।