पर्वत – चाडपर्वलाई लक्षित गरी पर्वतको पैयूँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । इलाका प्रहरी कार्यालय हुवासले यात्रुको सुरक्षा र सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
यात्रु सहायता कक्षमा कुनै पनि यात्रुले समस्या भएमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरीक्षक नर बहादुर बानियाँले चाडपर्वको बेलामा हुन सक्ने दुर्घटनालाई न्यूनिकरण गर्न र यात्रुहरुलाई परेका समस्या सहजै सुनुवाई र समाधान गर्न कक्षले सहयोग पुग्ने बताउनुभयो ।
चाडपर्वको अवसरमा क्षमताभन्दा बढी यात्रु बोक्ने र बढी भाडा असुल्ने गुनासो आउने बताउँदै उहाँले यस्तो गुनासो नआउने गरेर काम गर्न यातायात व्यवसायीलाई आग्रह गर्नुभयो ।
घटस्थापनासँगै पर्वतमा दशैका लागि आउने यात्रुहरु बढेका छन् ।