लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
सशस्त्र प्रहरीका ६८ जना असईले गरे पर्वतको क्लिफमा बञ्जी - News site from Nepal
सशस्त्र प्रहरीका ६८ जना असईले गरे पर्वतको क्लिफमा बञ्जी

पर्वत – सशस्त्र प्रहरी बलको टोलीले पर्वत को द क्लिफ नेपालमा बञ्जी जम्प गरेका छन् । प्रहरी उपरीक्षक सुशील शाहीको नेतृत्वमा सशस्त्रका ६८ जनाले आज बञ्जी जम्प गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । सशस्त्रमा नयाँ प्रवेश गरेका असईहरूका लागि साहसिक खेलअन्तर्गत बञ्जी गराइएको हो ।

कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । पछिल्लो समय एडभेञ्चर हबका रूपमा विकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।
यसअघि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका विभिन्न तालिमअन्तर्गत विभिन्न समूहले क्लिफमा बन्जी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!